विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दको सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ । उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा उनलाई सरुवा गरिएको छ । प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन् । हाल प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन् ।

विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि छानबिन भएको थियो । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुखमाथि समेत प्रश्न उठाएपछि चन्द असन्तुष्ट भएका थिए । यही कारण उनले राजीनामासमेत बुझाएका थिए ।

तर प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले सम्झाएर उनको राजीनामा फिर्ता गराएका थिए । राजीनामा फिर्ता गर्दै उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने वचन पनि महानिरीक्षक बसन्तबहादुर कुँवरले दिएका थिए ।

त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो । डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो । उनको दरबन्दी भने त्यतिबेला पनि साइबर ब्युरोमा थियो । अहिले पनि दरबन्दी साइबर ब्युरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो ।

राजीनामा फिर्ता गराउन ब्याचीसमेत रहेका आईजीपी लगायतले भन्दा पनि उनले अब विमानस्थलमा नफर्किने बताएका थिए । उनलाई १० दिनको बिदा दिइएको छ । हाल उनी बिदामै छन् । बिदामै रहँदा काज सरुवा गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस