समाचार

टेरामक्स प्रकरण : सुनिल र विकललाई थप सात दिन थुनामा राख्न अनुमति

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक सात दिन थुनामा राख्ने अनुमति लिएको छ । एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको सात दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो । त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो याद थपेको हो । पौडेलद्वयलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा …

पुरा पढ्नुहॊस »

रौतहटमा ओलीलाई १०० किलोको मालाले स्वागत

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०० किलोको माला लगाई दिएर स्वागत गरिएको छ । एमाले रौतहट जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई १०० किलोको माला लगाएर स्वागत गरिएको हो । गरुडस्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ । एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ । जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ । …

पुरा पढ्नुहॊस »

गाउँमा अडिएन मान्छे : पाँच लाख घर खाली, १० लाख हेक्टर जमिन बाँझो

काठमाडौं । मुलुकमा तीव्र बसाइसराइको क्रम नरोकिए पुर्ख्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ । जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा सहरी क्षेत्रबाट विदेश बसाइसराइ गर्ने तीव्र भएको देखाएको हो । यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको सङ्ख्या बढी रहेको छ । यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको संकेत गरेको विज्ञहरूको भनाई छ ।

पुरा पढ्नुहॊस »

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकमा सवार भारतको मधुवनी जिल्ला घर भई जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा …

पुरा पढ्नुहॊस »

व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

काठमाडौं । व्यवसायीलाई फोनमार्फत धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् । उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए । दुबैलाई प्रहरीले बिहीबार पत्रकार …

पुरा पढ्नुहॊस »

कोशी सरकार र पहिचान पक्षधरबीच आज वार्ता

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुँदैछ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समिति’ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो । पहिचानसहित कोशी प्रदेशको पुनः नामांकन गरिनुपर्नेलगायतका माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेको थियो । यसअघि कोशी प्रदेश सरकारले आन्दोलनरत …

पुरा पढ्नुहॊस »

नेपाल बन्यो शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी पठाउने देश

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा सबै भन्दा बढी सुरक्षाकर्मी पठाउने देश बनेको छ । शान्ति सेनामा नेपालको संख्या बढेर ६,२४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो । शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बंगलादेशको संख्या ६,१९७ छ । बंगलादेश भन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्‍याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा …

पुरा पढ्नुहॊस »

टिपरको ठक्करबाट बाइकमा सवार अनुसन्धानका पूर्वडिएसपीको निधन

बारा । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु थापाको मृत्यु भएको छ । मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका-७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त भएका थिए । ठक्कर दिने टिपर नियन्त्रणमा लिएर फरार चालकको …

पुरा पढ्नुहॊस »

शल्यक्रिया गरेर बच्चा जन्माएकी सुत्केरीको पेटभित्र कपडा

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका-६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या …

पुरा पढ्नुहॊस »

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds