काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूले लामो भाषण गर्ने गरेको भन्दै व्यंग्य गरेका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भाषण सुन्ने मानिसहरू नहुँदा पनि नेताहरूले भाषण गरिरहने भन्दै व्यंग्य गरेका हुन् ।
देउवाले भने, ‘के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, हाम्रा साथीहरूलाई लामो बोल्नुपर्ने, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ ।’
सभापति देउवाले अगाडी भने, ‘एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईँको भाषण सुन्न होइन माइकका लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’
प्रतिकृया दिनुहॊस