समाचार

एकडारामा युवाहरूका लागि पत्रकारिता तालिम ।

रोशन कुमार मिश्र महोत्तरी । एकडारा गाउँपालिकाको सहयोगमा र समग्र विकास केन्द्र महोत्तरीको आयोजनामा एकडारामा युवाहरूका लागि तीन दिने आधारभूत पत्रकारिताको कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारदेखि २८ गते आइतबारसम्म तालिम अवधि रहेको कार्यक्रममा स्थानीय दुई दर्जन प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको तेस्रो दिन आज आइतबार तालिमसंगै प्रमाणपत्र वितरण गरी सम्पन्न भएको हो । एकडारा स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न आजको समापन कार्यक्रममा प्रशिक्षार्थीलाई पालिकाका उपाध्यक्ष महजबी खातुन र वडाअध्यक्ष …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पाैडेल भन्छन्- ‘भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाेडाैं’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् । ३३ औं स्थापना दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धानका आयोगद्वारा आयोजित विशेष कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले सानालाई मात्र नभइ ठूलालाई पनि कानूनको दायरामा ल्याउन सुझाव दिएका हुन् । ‘आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचार उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन् । बरु ठूला प्रकृतिका कसुरदारको …

पुरा पढ्नुहॊस »

काठमाडौँमा २ सहित ६ जना मृतावस्थामा फेला

काठमाडौं । काठमाडौँमा दुई जनासहित विभिन्न स्थानमा गरी ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-९ बिजयचोकस्थित सिरहा-धनुषा गेष्ट हाउसमा करिब ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुली घर र सन्दिप लामा नाम टिपाएका पुरूष र ती महिला शुक्रबारदेखि उक्त होटलमा बसेको कोठामा महिलाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले हाल फरार पुरूषको खोजी गर्नुका …

पुरा पढ्नुहॊस »

शैक्षिक भ्रमणबाट फर्कने क्रममा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ

काठमाडौं । कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)का एक प्राध्यापक पक्राउ परेका छन् । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा एकेडेमीका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी पक्राउ परेका हुन् । होटेल व्यवस्थापन तर्फका संयोजक रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए । उनकाअनुसार प्राध्यापक भण्डारीमाथि मनकामना शैक्षिक भ्रमणमा गएर फर्कने क्रममा बसभित्र छात्रालाई दुर्व्यवहार गरेको आरोप …

पुरा पढ्नुहॊस »

काठमाडौंका सडकमा ‘एआई’को निगरानी

काठमाडौं । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ ।

पुरा पढ्नुहॊस »

थुनामा रहेका बलात्कार आरोपित मृत भेटिए

राजविराज । राजविराज कारागारमा थुनामा रहेका एक कैदी मृत अवस्थामा फेला परेका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् । मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारले जनाएको छ । १५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि …

पुरा पढ्नुहॊस »

चौंरीदेउरालीले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

काठमाडाैं । काभ्रेको चौँरीदेउराली गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर १ फागुनमा सार्वजनिक बिदा दिएको छ । सर्वोच्च अदालतको फैसलाविरुद्ध सो गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । माघ २५ गते चौँरीदेउराली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु चौलागाईंद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा बिदा दिने उल्लेख छ । उक्त सूचना अनुसार माघ २२ गतेको कार्यपालिका बैठकले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । फागुन १ गते जनयुद्ध …

पुरा पढ्नुहॊस »

वर्षा छैन, यी क्षेत्रमा हिमपातको सम्भावना (तीन दिनको पूर्वानुमान)

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कांग्रेस प्रचारप्रसार उपसमितिमा सात सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनित गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित ‘प्रचार प्रसार उपसमिति’मा शुक्रबार सात जना सदस्य मनोनित गरेको हो । पार्टीले उपसमितिमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल, जगत् प्रजापतिलाई …

पुरा पढ्नुहॊस »