काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन विभिन्न प्रतिवेदनमा छलफल भएको छ । बुधबार उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखापरीक्षण प्रतिवेदनमा छलफल भएको छ । यी प्रतिवेदनमा २२ सय महासमिति सदस्यलाई चारवटा समूहमा …
पुरा पढ्नुहॊस »कांग्रेस महासमिति बैठक : छलफलमा उठेका प्रश्नको सभापति देउवाले जवाफ दिने
काठमाडौँ । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक समापन हुँदैछ । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले जवाफ दिएपछि आजै अपराह्न समापन समारोह गरिने विश्वकर्माले जानकारी दिए । बैठकको दोस्रो दिन उपसभापति …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »आज बदली, वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना …
पुरा पढ्नुहॊस »राप्रपाको मागलाई स्वाभाविकरूपमा लिएको छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपाको मागलाई आफूले स्वाभाविकरूपमा लिएको बताएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनबाट ४० बुँदे ज्ञापनपत्र बुझ्दै उनले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गरे । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका राप्रपाका नेताहरूसँग उनले भने, ‘नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ …
पुरा पढ्नुहॊस »रुखमा अड्किएको अवस्थामा मृत फेला परे कुमाल
काठमाडौं । गुल्मीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका- ६ का २१ वर्षका टिकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गते कसैलाई जानकारी नगराई हिडेको प्रहरीले जनाएको छ । युवा सोही वडाको जङ्गलको भिरमा रुखमा अड्किएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ ।
पुरा पढ्नुहॊस »शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग
ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा नेता शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन माग गरिएको छ । छलफलमा सहभागी रौतहटका शेख वकिलले यस्तो माग गरेका हुन् । ‘नेताहरू ठूल्ठूला कुरा गर्छन्। मधेसको विकासको निम्ति केही बोल्दैनन्,’ उनले भने, ‘सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ । शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ ।’ उनले मधेसका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आपत्ति जनाए ।
पुरा पढ्नुहॊस »दुबईमा एक नेपालीलाई मृत्युदण्डको सजाय
काठमाडाैं – युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । उनी बसेको …
पुरा पढ्नुहॊस »राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे ज्ञापनपत्र
काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । सिंहदबार पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । राप्रपाले अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार-केन्द्र र अधिकार प्राप्त स्थानीय तह, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति …
पुरा पढ्नुहॊस »रौतहटको ईशनाथमा लगाइएकाे कर्फ्यू हटाइयो
काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ । ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा नं. २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू आदेश जारी गरिएको थियो । तर, हाल …
पुरा पढ्नुहॊस »