समाचार

बालकुमारी घटना हुँदा ललितपुरको सीडीओ रहेका पण्डितलाई प्रशासन महाशाखाको जिम्मा

काठमाडौं । गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्रप्रसाद पण्डितलाई दिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा यसअघि फाजिलमा रहेका सहसचिव पण्डितलाई रिक्त रहेको महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका पण्डित कोरियन भाषा परीक्षाको विषयलाई लिएर विवाद सृजना हुँदा बालकुमारीमा दुई जना युवाको निधन भएपछि उनी त्यहाँबाट गृह मन्त्रालय तानिएका थिए । यसअघि प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव …

पुरा पढ्नुहॊस »

कैलालीमा नाबालकबाट २५ वर्षीया युवती बलात्कृत

धनगढी । कैलालीमा एक नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय (नाम गोप्य राखिएका) नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन् । उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ । करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक …

पुरा पढ्नुहॊस »

कस्तो छ विष सेवन गरेकी भारती मानन्धरको अवस्था ?

काठमाडौँ । बाँकेकी भारती मानन्धरले विष सेवन गरेकी छन् । मंगलबार विष सेवन गरेकी उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको हो । भारतीको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । पहिलो पतिबाट जन्मेको छोरालाई खाजा दिनबाट स्कुलले रोकेपछि भारतीले विष सेवन गरेको प्रहरी नायव उपरीक्षक सुवाससिंह बोहराले जानकारी दिए । भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी उनले विष पिएकी हुन् …

पुरा पढ्नुहॊस »

काठमाडौंका यी स्थानमा एक सातासम्म जानेछ बिजुली

काठमाडौं । आजदेखि फागुन २२ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध हुने भएको हो । आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । ​महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज …

पुरा पढ्नुहॊस »

कांग्रेससँगको सहकार्यबारे माओवादी गम्भीर, राष्ट्रियसभा अध्यक्ष नछाड्ने संकेत

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रमा कांग्रेससँगको सहकार्यबारे सोच्न माग उठेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले कांग्रेससँगको सहकार्यबारे सोच्न माग गरेका हुन् । माओवादी केन्द्रमा हालै सकिएको सत्तासाझेदार दल नेपाली कांग्रेसको महासमिति बैठकको समीक्षा भएको हो ।

पुरा पढ्नुहॊस »

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. देव नियुक्त

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । डा. देव करिव एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त भएका थिए । उनको नियुक्ति बदरको माग गर्दै राष्ट्रिय युवा संघका उपाध्यक्ष अनिल काफ्लेले उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दर्ता गरेका थिए । …

पुरा पढ्नुहॊस »

नेपालमा मौसमी प्रणालीको प्रभाव कायमै (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

शुक्लाफाँटामा पिसाब गर्दा १ हजार जरिवाना !

काठमाडाैं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ । अस्ति निकुञ्जभित्र पिसाब गरेको भन्दै साउद थरका एकसहित २ जनालाई जरिवाना गरिएको हो । निकुञ्ज कार्यालयले उनीहरुबाट ५ सयका दरले एक हजार जरिवाना असुल गरेको थियो । निकुञ्जभित्र जथाभावी शौच गर्न मनाही छ ।

पुरा पढ्नुहॊस »

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले हिजो बेलुका अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी पनि तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको …

पुरा पढ्नुहॊस »