सुरु भयाे ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवा

काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई-भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।

विभागले शुक्रबारदेखि अध्यागमन प्रशासनलाई पूर्णरूपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ । अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरूमा पूर्णरूपमा डिजिट र स्वचालित रूपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् ।

विभागले माघबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षर प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after