काठमाडौं । कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ का २६ वर्षीय सुरजराम लुहार बिहीबार बेलुका जंगलमा मृत भेटिएका हुन् । धनगढी उपमहानगरपालिका-७ स्थित मनहेरा सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा लुहारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए । लुहार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए । केहीदिन अघि उनी घर बिदामा धनगढी आएको खुलेको छ । मुचुल्का तयार गरेर …
पुरा पढ्नुहॊस »आजदेखि फेरि पानी पर्ने सम्भावना
काठमाडौं । देशका केही भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । विभागले दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान साथै कोसी, …
पुरा पढ्नुहॊस »प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ। नेपाल प्रहरीको प्रधान कार्यालयस्थित बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा भएको जानकारी दिएको छ । बढुवा हुनेमा इन्सपेक्टर निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर …
पुरा पढ्नुहॊस »होहल्ला गरेको आरोपमा गायक राजेश पायलसहित तीन जना पक्राउ
काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ ।
पुरा पढ्नुहॊस »राजेन्द्रको व्यंग्य : कांग्रेसले टिकट नदिएपछि जाने ठाउँ रास्वपा थियो, सहकारी प्रकरणले बन्द हुने भो !
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सहकारी प्रकरणपछि पार्टीले टिकट नदिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने बाटो बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यो बाटो बन्द गरिएकोमा आफूलाई चिन्ता लागेको भनी व्यंग्य गरे । रास्वपा उपसभापति स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै बजगाईँले कांग्रेसले टिकट नदिएपछि अवसर खोज्दै जाने ठाउँ रास्वपा थियो भनेका हुन् । ‘कांग्रेस पार्टीले टिकट नदिएपछि अर्को जाने ठाउँ राष्ट्रिय …
पुरा पढ्नुहॊस »‘वैवाहिक बलात्कार’ मुद्दामा निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश
काठमाडौँ । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो । वैवाहिक बलात्कार कसुरमा गिरीकी श्रीमती परिवर्तित नाम २६ परिसरको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला …
पुरा पढ्नुहॊस »कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाउने छन् । यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि …
पुरा पढ्नुहॊस »निलम्बित न्यायाधीश पत्नीले सर्वोच्चको इजलासमै शंकास्पद वस्तु खाइन्
काठमाडौं । पूर्व न्यायाधीश भुवन गिरीकी पत्न आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन् । आरतीले मुद्दाको बहस चल्दाचल्दै विष पिएकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । कपिलवस्तु जिल्ला अदालतका तत्कालीन न्यायाधीश गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक आन्दोलन गरिरहेकी छन् । श्रीमान …
पुरा पढ्नुहॊस »बेचिनबाट जोगिए पाँच महिला, गौशालाको होटलबाट उद्धार
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौँको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए । बहाना वैदेशिक रोजगारीको भए पनि उनीहरूलाई तेस्रो …
पुरा पढ्नुहॊस »कठोर बन्दै रञ्जिता, सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई हटाइन्
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् । रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । तर, रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता …
पुरा पढ्नुहॊस »