समाचार

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा संसद स्थगित

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन । गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा …

पुरा पढ्नुहॊस »

मन्त्री धेरै हुँदा अर्थतन्त्रले धान्न सकेन : डा. चन्द्र भण्डारी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाए पनि देशको अर्थतन्त्रले धान्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताए । उनले भने, ‘हामीले उत्कृष्ट संविधान बनाएको छौँ । संविधान राम्रा बनाएपछि हाम्रो अर्थतन्त्रले धान्न सकेन । हामी यतिधेरै सांसद, प्रदेश र प्रदेश सभा सदस्य, यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो ? के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो …

पुरा पढ्नुहॊस »

अस्ताइन् ६ महिनाअघि मात्रै अमेरिका पुगेकी नर्स इनु

काठमाडौं । अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो । ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएको छ । उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ । निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।  

पुरा पढ्नुहॊस »

एमालेले फेरि माग्यो तीन मन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन् । उनले गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने माग गरे । …

पुरा पढ्नुहॊस »

रुसमा बिते बागलुङ जितबहादुर, रुसी सेनामा भर्ना भएर ज्यान गुमाउनेको संख्या १३ पुग्यो

काठमाडौं । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको हो । गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए । रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो । विकको गत …

पुरा पढ्नुहॊस »

देशका ६ महानगरमध्ये कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर उत्कृष्ट, काठमाडौं दोस्रो

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९ /८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ । …

पुरा पढ्नुहॊस »

कोटिहोम महायज्ञको उद्घाटन गर्न वैद्यनाथ धाम जाँदै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अछाम जाँदैछन् । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा बिहीबार देखी सुरु हुने कोटिहोम महायज्ञको उद्घाटनका राष्ट्रपति अछाम जान लागेका हुन् । जिल्लाको साँफेबगर नगरपालिका १ मा आजदेखि १४४ वर्ष पछि सुरु हुन लागेको कोटिहोम महायज्ञ शिवरात्रि सम्म चल्ने छ । राष्ट्रपति पौडेल आउने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ । कोटिहोम महायज्ञको तयारी पुरा भएको प्रचारप्रसार समिति संयोजक शिवबहादुर कुँवरले जानकारी …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने तथा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । त्यसैगरी उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), …

पुरा पढ्नुहॊस »

सदस्यहरूको प्रश्न- गठबन्धनको विषय अहिले नै किन ?

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन विभिन्न प्रतिवेदनमा छलफल भएको छ । बुधबार उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखापरीक्षण प्रतिवेदनमा छलफल भएको छ । यी प्रतिवेदनमा २२ सय महासमिति सदस्यलाई चारवटा समूहमा …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठक : छलफलमा उठेका प्रश्नको सभापति देउवाले जवाफ दिने

काठमाडौँ । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक समापन हुँदैछ । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले जवाफ दिएपछि आजै अपराह्न समापन समारोह गरिने विश्वकर्माले जानकारी दिए । बैठकको दोस्रो दिन उपसभापति …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds