समाचार

अख्तियारले भन्यो- आईटी क्षेत्रमा भ्रष्टाचार घुस्यो, सजग रहनू (पूर्णपाठ)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भेटिएपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत सबै संघीय मन्त्रालयहरू, प्रदेश सरकार र स्थानीय तहहरूलाई १० बुँदे ध्यानाकर्षणपत्र पठाएको हो । मुलुकको सीमित स्रोतसाधनको अत्यधिक दोहन गरी सूचना प्रविधिसँग सम्बन्धित खरिदमा बेथिति देखिएको र उजुरीहरूको विश्लेषण गर्दा भ्रष्टाचारको प्रबल सम्भावना रहेको भन्दै अख्तियारले यसबारे नीतिगत सुधार हुनुपर्ने …

पुरा पढ्नुहॊस »

बाँसबारीको जग्गा फिर्ता प्रक्रिया : चाँदबागले बुझ्यो २१ दिने म्याद

काठमाडौँ । तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ। गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा चाँदबाग रेसिडेन्सी प्रालिलाई २१ दिने म्यादको पत्र बिहीबार बुझाइएको हो। तत्कालीन च्याम्पियन फुटवेयर प्रालि हाल चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले …

पुरा पढ्नुहॊस »

त्रिवि उपकुलपतिका लागि १४ जना ‘सर्ट लिस्ट’मा, को-को परे ? (नामसहित)

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम ‘सर्ट लिस्ट’मा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो । जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा रहेका छन् । त्यस्तै, तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे …

पुरा पढ्नुहॊस »

जसलाई धम्क्याउँदै ५ करोड रुपैयाँ मागियो, उसैको प्रवचन सुन्न जान्थे

पोखरा । सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदीप गैरेलाई बरोबर फोन गर्दै ५ करोड रुपैयाँ माग गरी धम्क्याएको अभियोगमा कास्की प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल पोखरा–८ सिर्जलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा–१४ आर्थर घर भई हाल पोखराकै सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षत्री हुन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराबाट पक्राउ गरी बिहीबार पत्रकार …

पुरा पढ्नुहॊस »

नेपाल प्रहरीमा १८५६ जनाको भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । त्यसैगरी भान्छेका लागि ६३, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान भएको छ । …

पुरा पढ्नुहॊस »

स्कुलमा टाईको सट्टा भादगाउँले टोपी !

काठमाडौं । सुनसरीको इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । शिक्षा समितिले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको हो । इटहरीमा १ सय ३४ निजी र ३६ सामुदायिक गरी १ सय ७० विद्यालय छन् । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । विद्यार्थीको पोसाकमा विविधता देखिएको …

पुरा पढ्नुहॊस »

छैन वर्षा, हिमपातको सम्भावना (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

टीकापुरको सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने २४९ जनाविरुद्ध मुद्दा (नामसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनालाई विपक्षी बनाइ मुद्दा दायर गरेको हो । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको अख्तियारले विषय अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । टीकापुर नगरपालिका-१ स्थित टीकापुर …

पुरा पढ्नुहॊस »

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

काठमाडौं । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds