रोकिराखेको ट्रकसँग बस ठोक्किँदा २० घाइते, दुईको अवस्था गम्भीर

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३-००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बजेटमा कांग्रेसको टिप्पणी- सुधारको चक्र तोडेर पार्टीमुखी बजेट ल्याइयो

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद प्रकारशशरण महतले जीडिपी नबढ्ने समस्याको समाधान खोज्नुको …

प्रतिकृया दिनुहॊस