काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ । आज शुक्रवार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो तर दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । २ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको …
पुरा पढ्नुहॊस »अछामका एक युवाले लगाए आफ्नै श्रीमतीको यौनीमा ताला
काठमाडौं । आफ्नै श्रीमानले श्रीमतीको यौनीमा ताला लगाएको सुन्दा अच्चम लाग्न सक्छ । तर, अछामका एक युवाले आफ्नै श्रीमतीको यौनीमा ताला लगाइ दिएका छन् । परपुरुषसँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि अछामको ढकारी गाउँपालिका वडा नम्बर ६ बाच्कोटका उपेन्द्र हुड्केले आफ्नै श्रीमतीको यौनीमा ताला लगाएका हुन् । हाल भारतको महाराष्ट्रमा मजदुरी गर्दै आइरहेका उनले श्रीमतीको यौनीमा ताला लगाएको घटना बाहिरिएको हो । घटना १५ दिनअघिको हो । १५ दिनसम्म यौनीमा …
पुरा पढ्नुहॊस »जेठ ६ गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध जनाएको छ । सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो । बैठकमा काँग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे । उनले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे । …
पुरा पढ्नुहॊस »सगरमाथा क्षेत्रमा मंगोलियन नागरिकको शव फेला
काठमाडाैं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिक सम्पर्कविहीन भएकामा एक जनाको शव भेटिएको छ । मङ्गोलियन नागरिक ५३ वर्षीय युखजर्गलको शव ८के एक्सपिडिसनले ८५५० मिटरको उचाइमा फेला पारेको हो । अर्का ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ भने अझै सम्पर्कविहीन छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा उनीहरू सगरमाथा आरोहरणका लागि चुचुरोतर्फ लागेका थिए ।
पुरा पढ्नुहॊस »सभामुखमा तटस्थता नदेखिएको कांग्रेसको निष्कर्ष
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले यस्तो चेतावनी दिएका हुन् । सहकारी ठगीमा संलग्नलाई बचाउन सरकार नै उद्यत भएको उनको भनाई छ । ‘सहकारी ठगीलाई बचाउन सरकार लागेको छ,’ सचेतक लेखकले भने, ‘सरकारलाई चेतावनी दिएका छौँ- यस्तो ठगी बचाउने काम सरकारले नगरोस् ।’ उनले संसदीय समिति गठनको मागमा आफूहरु …
पुरा पढ्नुहॊस »कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ …
पुरा पढ्नुहॊस »गुल्मी बस दुर्घटना : सहचालकको मृत्यु, चालक गम्भीर, १२ जना घाइते
गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ …
पुरा पढ्नुहॊस »जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन् । सरकारको नेतृत्व गरिरहेका दाहालले सरकारको नेतृत्व गरेको १७ महिनामा चौथोपटक विश्वासको मत लिन लागेका हुन् । उनी २०७९ साल पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । तत्कालिन गठबन्धनको सहयोगमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ गठबन्धनका साथ २६ पुसमा पहिलोपटक विश्वासको लिएका थिए भने त्यसलगत्तै चैत ६, २०७९ दोस्रोपटक …
पुरा पढ्नुहॊस »कांग्रेस र रास्वपाबीच ३ बुँदे समझदारी भएको खुलासा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच तीन बुँदे सहमति भएको खुलासा भएको छ । बिहीबार संसद् बैठक सुरु हुनुभन्दा पहिला दुई पार्टीका नेताबीच तीन बुँदे सहमति भएको खुलासा भएको हो । रास्वपा नेता शिशिर खनालले नेपाली कांग्रेसका तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा समझदारी भएको बताएका छन् । तर, उक्त समझदारीबाट पनि कांग्रेस पछि हटेको उनको आरोप छ । मोटो …
पुरा पढ्नुहॊस »संघीय संसदका दुवै सदनको बैठक (कार्यसूची)
काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
पुरा पढ्नुहॊस »