सभामुखमा तटस्थता नदेखिएको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले यस्तो चेतावनी दिएका हुन् ।

सहकारी ठगीमा संलग्नलाई बचाउन सरकार नै उद्यत भएको उनको भनाई छ । ‘सहकारी ठगीलाई बचाउन सरकार लागेको छ,’ सचेतक लेखकले भने, ‘सरकारलाई चेतावनी दिएका छौँ- यस्तो ठगी बचाउने काम सरकारले नगरोस् ।’

उनले संसदीय समिति गठनको मागमा आफूहरु झनै अडिग रहेको बताउँदै सभामुखले पनि तटस्थता कायम गर्न नसकेको निष्कर्ष निकाल्दै ध्यानाकर्षण गराउने जनाए । ‘संसदीय मूल्य र मान्यतामा विपक्षी दल उभियो भने पनि संसद् अवरोध मानिन्छ । एकजना मात्रै माननीय उभिए पनि अवरोध मानिन्छ है भन्ने मान्यता स्थापित छ । विपक्षीसहित सबै विपक्षमा रहेका दलका सांसदहरु उभिएका बेला संसद् सञ्चालन उचित थिएन,’ उनले भने, ‘सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो । सभामुख निर्वाचित भएपछि संलग्नता स्थगित गर्नुपर्छ । सभामुखलाई तटस्थता र निष्पक्षतासहित बैठक सञ्चालन गर्न आह्वान गरेका छौँ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान

काठमाडौं । थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैंकक उडान शुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे …

प्रतिकृया दिनुहॊस