नेपालमा फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० गाडी डेलिभरी

काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको भनिएको माउन्टेन ईभी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले एकैपटक एकसय वटा माउन्टेन ईभी डेलिभरी गर्दै नेपाली बजारमा सार्वजनिक गरेको हो ।

यो गाडी नेपालको भौगोलिक आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ । फोन माउन्टेन ईभीमा ५३.५८ किलोवाटको ब्याट्री छ ।

यसले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । १३० किलोवाटआवर क्षमताको मोटर रहेको गाडीमा अधिकतम टर्क ३३० र २५ प्रतिशत ग्रेडेबिलिटी छ । फोटन नेपालको मुख्य कम्पनी एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरियाले गाडी सार्वजनिक गर्दै यसले नेपालको सवारीसाधन क्षेत्रलाई नयाँ दिशामा लैजाने विश्वास व्यक्त गरे ।

नेपालका चुनौतीपूर्ण सडकलाई मध्यनजर गर्दै माउन्टेन ईभीमा विशेष सुविधा रहेको उनको भनाइ छ । एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ताले फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको बताए ।

यो ब्रान्ड भारतमा सबैभन्दा धेरै ईभी बसको रूपमा बिक्री भएको र ९ लाखभन्दा बढी व्यावसायिक सवारीसाधनका रूपमा निर्यात भएर दक्षिण अमेरिकामा अग्र स्थानमा रहेको उनको भनाइ छ । माउन्टेन ईभी १४ देखि १६ सिट क्षमतामा उपलब्ध छ ।

यो गाडीमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ, हिल होल्ड कन्ट्रोल, दुई ड्राइभिङ मोड, आर१६ ड्यूरेबल टायर छ । नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४ अर्ब रहेको कम्पनीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १४.१२ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस