काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ । आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर …
पुरा पढ्नुहॊस »यी चार प्रदेशमा हावाहुरीसहित पानी पर्ने (तीन दिनको पूर्वानुमान)
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको …
पुरा पढ्नुहॊस »सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो
काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले …
पुरा पढ्नुहॊस »गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा तरुण दलको प्रदर्शन
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले प्रदर्शन गरेको छ । बुधवार सङ्गठनले माइतीघरदेखि बिजुली बजारसम्म र्यालीसहित प्रदर्शन गरेको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।
पुरा पढ्नुहॊस »कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार
काठमाडौँ । भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको …
पुरा पढ्नुहॊस »१६औं पञ्चवर्षीय योजनाको महत्वकांक्षी लक्ष्य- ‘आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्छ’
कठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष (आव) २०८५/०८६ सम्म नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्यसहितको योजना सार्वजनिक गरेको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य छ । बुधबार सार्वजनिक गरिएको १६ औं पञ्चवर्षीय योजना आव २०८१/८२-२०८५/८६० मा उक्त लक्ष्य लिइएको छ । हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत छ । उक्त योजनामा आव २०८१/८२ मा नेपालको वार्षिक आर्थिक वृद्धिदर ६ प्रतिशत …
पुरा पढ्नुहॊस »ओलीको आक्रोश- यो देश कांग्रेसको एकलौटी हो ?
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद् अवरोधको प्रतिरोध गर्ने बताएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा आफूहरूले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन् । ओलीले कांग्रेसको अधिनायकवादी चरित्र प्रकट भएको बताए । ‘यस अधिनायकवादी चरित्रसँग हामी लत्रिनुपर्ने कुनै कारण छैन । मिलाएर जान खोजिराखेका छौं। हामीमाथि नै औँला उठाइराखेका छन् …
पुरा पढ्नुहॊस »बन्दुक खेलाउने क्रममा पड्किएर रामबहादुर घाइते
कठमाडौं । रामेछापमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । रामेछाप नगरपालिका- ६ च्यास्कुका ५२ वर्षीय रामबहादुर तामाङले भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। उनको पेटमा बन्दुकको छर्रा, बारुद लागेकाे थियाे । जिल्ला अस्पताल रामेछापडाँडामा सामान्य उपचारपश्चात थप उपचारको उनीलाई पाटन अस्पताल काठमाडौंमा ल्याइएको छ । प्रहरीले त्यहाँबाट १ नाल भरुवा बन्दुक र बारुद जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ …
पुरा पढ्नुहॊस »काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किए, एक युवकको मृत्यु
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मंगलबार बेलुकी प्रदेश ०२–००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२–००१ प ८९६६ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन् । दुर्घटना हुँदा स्कुटरमा सवार हाल २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुरा पढ्नुहॊस »दोलखामा मलामी सवार बोलेरो पल्टियो, १४ घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर
दोलखा । दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा घाइते भएका १४ जना मध्ये ९ को अवस्था गम्भीर रहेको छ । छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ गुडेको बागमती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते सबै सबै शैलुङ-८ ढाँडे र कुने आसपासका भएको बताइएको …
पुरा पढ्नुहॊस »