रवि लामिछानेलाई फेरि काठमाडौं ल्याउने तयारी

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं पनि ल्याउने गृहकार्य थालिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार विमानमार्फत रुपन्देहीको भैरहवा पुर्‍याइएको थियो । पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई हवाईमार्गबाट भैरहवा विमानस्थल हुँदै इलाका प्रहरी कार्यालय बुटवल लगिएको हो ।

बुटवलमा बयान सकिएसँगै उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ ।

प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि अनुसन्धान थालेको हो । लामिछाने गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक थिए । पाँच सहकारी ठगीका मुख्य आरोपित जिबी राई भने फरार छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस