समाचार

सगरमाथा क्षेत्रमा मंगोलियन नागरिकको शव फेला

काठमाडाैं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिक सम्पर्कविहीन भएकामा एक जनाको शव भेटिएको छ । मङ्गोलियन नागरिक ५३ वर्षीय युखजर्गलको शव ८के एक्सपिडिसनले ८५५० मिटरको उचाइमा फेला पारेको हो । अर्का ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ भने अझै सम्पर्कविहीन छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा उनीहरू सगरमाथा आरोहरणका लागि चुचुरोतर्फ लागेका थिए ।

पुरा पढ्नुहॊस »

सभामुखमा तटस्थता नदेखिएको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले यस्तो चेतावनी दिएका हुन् । सहकारी ठगीमा संलग्नलाई बचाउन सरकार नै उद्यत भएको उनको भनाई छ । ‘सहकारी ठगीलाई बचाउन सरकार लागेको छ,’ सचेतक लेखकले भने, ‘सरकारलाई चेतावनी दिएका छौँ- यस्तो ठगी बचाउने काम सरकारले नगरोस् ।’ उनले संसदीय समिति गठनको मागमा आफूहरु …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ …

पुरा पढ्नुहॊस »

गुल्मी बस दुर्घटना : सहचालकको मृत्यु, चालक गम्भीर, १२ जना घाइते

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ …

पुरा पढ्नुहॊस »

जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन् । सरकारको नेतृत्व गरिरहेका दाहालले सरकारको नेतृत्व गरेको १७ महिनामा चौथोपटक विश्वासको मत लिन लागेका हुन् । उनी २०७९ साल पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । तत्कालिन गठबन्धनको सहयोगमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ गठबन्धनका साथ २६ पुसमा पहिलोपटक विश्वासको लिएका थिए भने त्यसलगत्तै चैत ६, २०७९ दोस्रोपटक …

पुरा पढ्नुहॊस »

कांग्रेस र रास्वपाबीच ३ बुँदे समझदारी भएको खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच तीन बुँदे सहमति भएको खुलासा भएको छ । बिहीबार संसद् बैठक सुरु हुनुभन्दा पहिला दुई पार्टीका नेताबीच तीन बुँदे सहमति भएको खुलासा भएको हो । रास्वपा नेता शिशिर खनालले नेपाली कांग्रेसका तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा समझदारी भएको बताएका छन् । तर, उक्त समझदारीबाट पनि कांग्रेस पछि हटेको उनको आरोप छ । मोटो …

पुरा पढ्नुहॊस »

संघीय संसदका दुवै सदनको बैठक (कार्यसूची)

काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

पुरा पढ्नुहॊस »

हावाहुरीसहित वर्षा, तराईमा तीन दिन तातो हावा चल्ने

काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो । बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेला धकेल समेत भएय्को थियो । सांसदहरुबीच धकेला धकेल हुदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए । नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि …

पुरा पढ्नुहॊस »