समाचार

प्रधानमन्त्रीसँगको भेटपछि स्वदेश फर्किँदै कतारका अमिर

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अत: आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ एक रात्रिभोजको आयोजना गरेका छन् । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । सो रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुको सहभागिता …

पुरा पढ्नुहॊस »

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–५ गर्खाकोट बस्ने १४ वर्षीय नवराज चदराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकी गर्खाकोट हुँदै थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान कालागाउँ सुर्खेत पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संखुवासभा, चिचिला गाउँपालिका–२ छ्याकुटीस्थित सडकमा चिचिलाबाट …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत, २१ तोपको सलामी दिइयो

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानीलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले थानीलाई स्वागत गरेका छन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कतारका अमिर थानीलाई विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिएको छ ।

पुरा पढ्नुहॊस »

पेस्तोल पड्किँदा प्रहरी घाइते, इञ्चार्ज निलम्बित

काठमाडौं । बझाङमा एक प्रहरीले पेस्तोल पड्काएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख भरत शाहका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् । बझाङमा भइरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमबार असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको हो । पेस्ताेल पड्किँदा एक प्रहरी जवानलाई चोट लागेको छ । बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्दा जवान पुदल सिंह रानाको खुट्टामा चोट लागेको हाे । …

पुरा पढ्नुहॊस »

जब गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो…

काठमाडौं । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा बिहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील विकले बताए । गुड्दा गुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो …

पुरा पढ्नुहॊस »

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता …

पुरा पढ्नुहॊस »

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् । कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ । सामाजिक सञ्जालमा धेरैले सार्वजनिक बिदाको औचित्यमा प्रश्न उठाएपछि लामिछानेले सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन् । अनावश्यक बिदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ती …

पुरा पढ्नुहॊस »

रविलाई ज्ञानेन्द्रको सन्देश- विदेशी राजाका खुट्टा ढोग्नुभन्दा आफ्नै देशको फर्काउने अभियानमा लाग्नुहोस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउँदा सार्वजनिक बिदा दिएको भन्दै तपाईँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् । उनले भनेका छन्, ‘माननीय रवि लामिछाने ज्यु हिजोका दिनहरूमा तपाईँले जनताको आवाज उठाउँदै गर्दा हाम्रो साथ र …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds