काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिइएको बताएका छन् । नेपाल-युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेपाल-इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनले बताए । ‘सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बलियो आर्थिक संरचना …
पुरा पढ्नुहॊस »संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत पेश हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा मुछिएको भन्दै संसदीय …
पुरा पढ्नुहॊस »फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग
काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालय र कोरिया सरकारबीच त्यससम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत तेयोङ पार्कले हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत प्राप्त हुने सो रकम पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । उक्त कार्यक्रम सयुंक्त राष्ट्रसंघीय विकास …
पुरा पढ्नुहॊस »व्यासमा पुनः मतगणना गर्न अदालतको आदेश
काठमाडाैं । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएको छ । न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले निर्वाचन सकिएको २ वर्षपछि स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा पुनः मतगणना गर्न आदेश दिएको हो । नेकपा एमालेको समर्थनमा कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए …
पुरा पढ्नुहॊस »बबई नदिमा डुबेर दाजुभाइको मृत्यु
काठमाडौं । दाङको बबई नदिमा डुबेर दाजुभाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई र १६ वर्षका दिपेश परियारको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । नदीमा डुबेर बेहोस भएका उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको थियो । उपचारका क्रममा तुलसीपुर …
पुरा पढ्नुहॊस »यी पाँच प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना
काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रममा नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो । आज सङ्घीय संसद् भवनमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले दुर्गम र विकट क्षेत्रमा भू-उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए । उनले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसङ्ख्यक एवम् पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गर्ने …
पुरा पढ्नुहॊस »एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय गर्न सहुलियत कर्जा दिइने
काठमाडौं । सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउँदाे आर्थिक वर्ष कम्तीमा एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका हुन् । उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराए । तीनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा …
पुरा पढ्नुहॊस »आउँदाे आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घाेषणा
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आउँदाे आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने उल्लेख छ । राष्ट्रपतिले प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरूको पुनर्संरचना …
पुरा पढ्नुहॊस »