समाचार

संसद् बन्द गरेर सरकार भागेको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार संसद् बन्द गरेर भागेको निष्कर्ष निकालेको छ । बिहान संसद्को ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरेर सरकार भागेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । सरकार जबाफदेही बन्नुको …

पुरा पढ्नुहॊस »

भर्ना अभियान सुरु, बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरेका हुन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध …

पुरा पढ्नुहॊस »

आज जुडशीतल मनाइँदै, मधेसमा सार्वजनिक बिदा

काठमाडाैं । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् । विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक …

पुरा पढ्नुहॊस »

गस्तीमा गएका प्रहरी सवार बाइक गाईसँग ठोक्कियो, सहायक हवल्दार चन्दको मृत्यु

काठमाडौं । रुपन्देहीको भैरहवामा दुर्घटनामा परि एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरेश बहादुर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द गस्तीमा गएकै बेला दुर्घटना परेका थिए । रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालका अनुसार चन्द शुक्रबार राति ८ बजे …

पुरा पढ्नुहॊस »

हिउँदे अधिवेशन अन्त्यको तयारी, प्रतिनिधिसभा बैठक आज

सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकोले आजै राति १२ बजेबाट हिउँदे अधिवेशनको अन्त्य हुँदै छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नयाँ वर्ष २०८१ शुभारम्भ, हर्षोल्लाससहित मनाइँदै

काठमाडौं । विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८० साल सकिएर २०८१ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीले विशेष महत्वका साथ मनाउने गर्छन् । विक्रम संवत पात्रोअनुसार सौर्यमानक हिसाबले १ वैशाख १ मा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ …

पुरा पढ्नुहॊस »

२०८१ सालको पहिलो दिन कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई पठाउने भएको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले भनिन्– राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्याय भयो ।’  

पुरा पढ्नुहॊस »

संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds