कांग्रेस र रास्वपाबीच ३ बुँदे समझदारी भएको खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच तीन बुँदे सहमति भएको खुलासा भएको छ । बिहीबार संसद् बैठक सुरु हुनुभन्दा पहिला दुई पार्टीका नेताबीच तीन बुँदे सहमति भएको खुलासा भएको हो ।

रास्वपा नेता शिशिर खनालले नेपाली कांग्रेसका तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा समझदारी भएको बताएका छन् । तर, उक्त समझदारीबाट पनि कांग्रेस पछि हटेको उनको आरोप छ ।

मोटो समझदारी दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि इगोको बाटोमा गएको उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । ‘लागेको आरोपको बारे कम्तीमा पनि पार्टी सभापति तथा गृह मन्त्रीले बोल्न पाउनपर्छ हाम्रो न्यूनतम अडान हो । त्यसबाट आवश्यक परे समिति सम्मको बाटोमा जान सकिन्छ भन्ने थियो,’ उनले अगाडि भनेका छन्, ‘हिजो बिहान नेपाल काँग्रेस का तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा “मोटो समझदारी“ बनेको थियो। तर दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि इगोको बाटोमा गयो ।’

बिहान कांग्रेससँग समझदारी भए पनि प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिकाले कांग्रेस समझदारीबाट पछि हटेको खनालको दाबी छ ।  उनको अनुसार यस्तो थियो सहमति :-

‘हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा :-
१. ⁠सहकारी संस्थाहरूमा देखिएको सङ्कटको समाधानार्थ संसदीय छानबिन समिति बनाउने ।
२. ⁠विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरूले उठाउनुभएका सहकारी बचतकर्ताहरूको रकम अपचलन तथा दुरुपयोगका
सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने ।
३. अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds