समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएको हो । निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनले भने ‘आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो …

पुरा पढ्नुहॊस »

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं । नेपालविरुद्धको तेस्रो टी–२० मा वेस्ट इन्डिज ‘ए’ ७६ रनले विजयी भएको छ । २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट १ सय ५१ रन मात्र बनाउन सक्यो । नेपालका लागि लोकेश बम र करण केसीले समान २८ रन बनाए भने कुशल मल्लले २० रन बनाए । त्यसतै विनोद भण्डारीले १९ रन बनाउँदा अनिल शाह १४ रनमा आउट भए । नेपालले उक्त १५१ …

पुरा पढ्नुहॊस »

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताएका छन् । एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए । ‘मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी …

पुरा पढ्नुहॊस »

श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागु गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ । १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आवद्ध गराउन, सुरक्षित र मर्यादित कामको वातावरण निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्न आग्रह गरेका हुन् । अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको …

पुरा पढ्नुहॊस »

कपिलवस्तुको बाणगंगामा घरभित्र भेटियो दम्पतीको शव

काठमाडौं । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरन्त पौडलका अनुसार महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाका बारेमा डीएसपी सहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने पौडेलले बताए ।

पुरा पढ्नुहॊस »

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग पसल खोल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै उनले साग बेचेरै भएपनि जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरे । ‘निर्वाचनअगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो- पत्रकारिता छोडेर राजनीतिमा आउनुभयो । निर्वाचनमा सहभागी हुनुभएको छ, जित्नुभयो भने त सांसद बन्नुहुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ …

पुरा पढ्नुहॊस »

ललितपुरको जंगलमा लागेको आगो निभाउने क्रममा घाइते भएका अर्का युवाको मृत्यु

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४ बडिखेलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ५० वर्षीय रमेश पहरीको मृत्यु भएको हो । गोदावरी नगरपालिका वडानम्बर-४ निवासी पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको …

पुरा पढ्नुहॊस »

एक रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मुल्य, पेट्रोल घटेन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले गएरातिबाट लागु हुने गरी नयाँ मुल्य कायम गरेको हो । डिजेल र मट्टितेलको मुल्य २ रुपैयाँका दरले घटेको हो । ठाउँ अनुसार फरक फरक मुल्य भएपनि सबै ठाउँमा दुई रुपैयाँका दरले मुल्य घट्ने छ । आन्तरिक हवाई इन्धनमा एक रुपैयाँ बढ्दा पेट्रोल र ग्याँगको मुल्य भने यथावत छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अत: आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds