समाचार

सशस्त्र प्रहरीले हडपेको स्थानीयको ६ विघा ७ कठ्ठा जग्गा फिर्ताको माग गर्दै भालुवाङमा प्रदर्शन

देउखुरी । सशस्त्र प्रहरी बल २९ नम्बर ज्वालामाई गणले हडपेको स्थानीयको ६ विघा ७ कठ्ठा ९ धुर जग्गा फिर्ताको माग गर्दै शनिबार दाङको भालुवाङमा प्रदर्शन भएको छ । सशस्त्र द्वन्द्व र त्यसअघि विभिन्न नाममा स्थानीयको जग्गा हडपिएकोमा शान्ति पुनर्स्थापना भएको दुई दशक पुग्न लाग्दा पनि फिर्ता नभएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । भालुवाङ पाखापानी जग्गापीडित संघर्ष समितिका अध्यक्ष विमलकुमार घिमिरेको नेतृत्वमा शान्तिपूर्ण -यालीसँगै कोणसभा आयोजना भएको छ । अध्यक्ष …

पुरा पढ्नुहॊस »

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको सहमति, बाबुरामलाई बाइपास

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवसहितको टोलीले माओवादीसँग एकता गर्ने सहमति गरेको हो । शनिबार प्रधानमन्त्री एव माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले चार बुँदे सहमति गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ तथा नेसपाको तर्फबाट अध्यक्ष महिन्द्र …

पुरा पढ्नुहॊस »

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स मृत्त भेटिइन्, हत्याको आशंका

काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक जना स्टाफ नर्स मृत्त भेटिएकी छन् । सिरहा घर भएकी चन्द्रिकाकुमारी दासको हत्या भएको आशंका प्रहरीले गरेको छ । दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङका एसपी नवराज …

पुरा पढ्नुहॊस »

रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय पक्राउ

काठमाडाैं । रौतहटमा मनि ट्रान्सफर लुट्ने क्रममा गोली चलेको छ । परोहा नगरपालिका-२ मा रहेको शिव मनि ट्रान्सफरमा भारतको बिहारबाट आएका तीन जनाले लुटपाट गर्न खोज्ने क्रममा गोली चलाएका हुन् । गोली लागेर मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका छन् । साहको रौतहट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ …

पुरा पढ्नुहॊस »

दूध किसानको बक्यौता भुक्तान गर्न ३० करोड निकासा गर्दै अर्थ मन्त्रालय

काठमाडौं । दूध किसानको बक्यौता भुक्तानीका लागि ३० करोड निकासा गर्ने अर्थ मन्त्रालयले तयारी थालेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको बक्यौता भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए । भुक्तानी नपाएको भन्दै लामो समयदेखि दुग्ध किसान आन्दोलित …

पुरा पढ्नुहॊस »

सीआईबी प्रमुख बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । आयोगले सीआईबी प्रमुख (एआईजी)किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस …

पुरा पढ्नुहॊस »

संसद्‌मा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेकाले राजीनामा माग गरेका हुन् । नैतिकताको आधारमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने उनले बताए । ‘आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ सांसद पौडेलले भने, ‘सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख …

पुरा पढ्नुहॊस »

कृष्णबहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको पाइएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख महरा संलग्नता रहेको औँल्याएको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । यो प्रतिवेदन शुक्रबार गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छन् । उनले दोषि जो सुकै भएपनि नछाड्न निर्देशन दिएका छन् । इलेक्ट्रिक …

पुरा पढ्नुहॊस »

सुन तस्कर कसैलाई पनि नछाड्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । गृहमन्त्री लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले दोषी जो भए पनि नछाड्न निर्देशन दिएका छन् ।

पुरा पढ्नुहॊस »

सिन्धुलीस्थित नेपाल टेलिकमको टावरमा बम विस्फोट

काठमाडौं । सिन्धुलीमा प्रेसरकुकर बम विस्फोट भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट गराइएको हो । विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए । ‘बिहान करिब ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले हामीलाई खबर गरेका थिए,’ उनले भने, ‘प्रहरीको टोली घटनास्थल पुगेर प्रेसर कुकर बम विस्फोट …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds