काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो । बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेला धकेल समेत भएय्को थियो । सांसदहरुबीच धकेला धकेल हुदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए । नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि …
पुरा पढ्नुहॊस »गोविन्द केसीले ६ दिनपछि तोडे अनशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीले अनसन तोडेका छन् । डा.केसी ६ दिनअघि दाहालको राजीनामासहित ४ बुँदे माग राख्दै आमरण अनसन बसेका थिए । तर, कसैले वास्ता नगरेपछि उनले अनसन तोडेका हुन् । उनले अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै अनशन तोडेको उनले बताए ।
पुरा पढ्नुहॊस »पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन
काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए । उनको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो । उनको तीन छोरा र एक छोरी छन् ।
पुरा पढ्नुहॊस »सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए । विपक्षमा शून्य मत पर्यो । कांग्रेस र नाउपाको रेशमपक्षको बहिस्कारकाबीच उनले विश्वासको मत लिएका हुन् । एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका …
पुरा पढ्नुहॊस »विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…
काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नागरिक उन्मुक्ति पार्टी(नाउपा) रेशम चौधरी पक्षका सांसद्हरूले विरोध गरेपछि बैठक स्थगित भएको हो । बैठकमा सरकार गठन र मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नारावाजी भएपछि सभामुख भीमबहादुर भण्डारीले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् । नागरिक उन्मुक्ती …
पुरा पढ्नुहॊस »रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा हेटौंडाका व्यावसायी मुडभरीको मृत्यु
काठमाडौं । मकवानपुरमा रड बोकेको ट्याक्टरमा स्कुटर ठोक्किँदा गए राति एक व्यावसायीको मृत्यु भएको छ । बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडक खण्डमा भएको दुर्घटनामा हेटौंडा–१३ का ४५ वर्षीय केशवप्रसाद मुडभरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ९ बजे मृत्यु भएको मकवाननपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनी विद्यालय सञ्चालक र स्टेसनरी व्यावसायी समेत हुन् । उनले केही …
पुरा पढ्नुहॊस »काठमाडौंका यी स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध (सूचनासहित)
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज नयाँबजार क्षेत्र, ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । प्राधिकरणले बुधवार एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको जनाएको हो । प्राधिकरणका अनुसार आज नयाँबजार …
पुरा पढ्नुहॊस »ओलीले रविलाई बिचमा घुसाएर बनाउन चाहेको ‘मानवढाल’ मात्र हो : गणेश कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको नाम बिचमा घुसाएर एमाले अध्यक्ष केपी शर्मा ओली ’मानवढाल’ मात्र बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत कार्कीले ओलीको ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ, अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने अभिव्यक्ति त्यसैको उदाहरण भएको बताएका हुन् । उनले भनेका छन्, ‘अब बोल्दा कांग्रेसले संसदमा गिरीबन्धु चिया बगानको नीतिगत भ्रष्टाचारबारेमा पनि बोल्छ भन्ने अनुमान छ । त्यसमा केपी …
पुरा पढ्नुहॊस »