स्वास्थ्य

नर्भिक बन्यो नेपाल सुपरलिगको मेडिकल पार्टनर

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक इन्टरनेशनल हस्पिटल अनुबन्धित भएको छ । नेपाल सुपरलिगको तर्फबाट नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनर अनुबन्धको सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक  मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका डिरेक्टर श्रेयांश कार्कीले हस्ताक्षर गरे। सात टिमको फ्रेञ्चाइज …

पुरा पढ्नुहॊस »

कोरोनाको दोस्रो डोज आजदेखि, यी हुन् खोप केन्द्र [सूचीसहित]

काठमाडौं । सरकारले आजदेखि कोभिड-१९ को दोस्रो मात्राको खोप लगाउँदैछ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड-१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा खोप लगाएका व्यक्तिले आजदेखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन सक्नेछन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो । …

पुरा पढ्नुहॊस »

उपत्यका बाहिर पहिलो पटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा

पोखरा। उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्ष देखि स्थापित पोखरा एम आर आइ डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको हो । यो सिटी स्क्यान गण्डकी प्रदेशकै ठुलो सिटी स्क्यान हो । विशेष गरी मुटु, मस्तिष्क फोक्सो, पेट र …

पुरा पढ्नुहॊस »

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

काठमाडाैँ । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् । …

पुरा पढ्नुहॊस »

अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल बनेको छ । अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् । देशका कुनै पनि अस्पतालले आफ्नो परिसरमा प्लाष्टिक ब्याग प्रयोगमा प्रतिबन्ध घोषणा गरेका थिएनन् । वातावरण जोगाउने उद्देश्यले प्लाष्टिक ब्याग प्रयोगमा रोक लगाउने नर्भिक देशकै पहिलो अस्पताल समेत बनेको प्रबन्ध निर्देशक चौधरीले बताएकी …

पुरा पढ्नुहॊस »

पहिलो पटक देखियो ‘डबल म्युटेन्ट भेरिएन्ट’

काठमाडौँ । नेपालमा पनि कोभिड १९ को ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । ललितपुरमा संकलन गरिएको नमुनामा ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार मुलुकमै पहिलो पटक यस्तो भेरिएन्ट भेटिएको हो । यो संक्रमणको विकास नेपालबाटै भएको हो वा भारतसँग सम्बन्धित छ भनेर अनुसन्धान सुरु गरिएको छ । निर्देशक डा. पौडेलका अनुसार १५ वटा नमुनामध्ये एस-जीन नेगेटिभ भएका १० र …

पुरा पढ्नुहॊस »

नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत,यूरोप/अमेरिकाभन्दा राम्रो

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल मुटुसँग सम्बन्धित अपरेशन नगरी गरिने शल्यचिकित्सा(क्याथ ल्याब सर्भिस) सेवामा अब्बल देखिएको छ । नर्भिकको कर्पोरेट कम्युनिकेसन तथा पीआर डिपार्टमेन्टले आन्तरिक रुपमा गरेको एक अध्ययनमा यस्तो देखिएको हो । क्याथल्याबमा मुटुको एन्जियोग्राफी र एन्जियोप्लाष्टीबाट उपचार गरिन्छ । क्याथल्याबमा हुने मृत्युदर विश्वका विकसित मुलुकका स्तरीय अस्पतालहरुमा बढिरहेको छ । तर, नर्भिकको क्याथल्याबको मृत्युदर भने ती देशको भन्दा पनि अब्बल देखिएको छ । क्याथल्याबको स्थापनादेखि हालसम्म नर्भिकको क्याथल्याबमा …

पुरा पढ्नुहॊस »

उकालो लाग्यो कोरोनाको ग्राफ‚ छैन मापदण्ड पालना

काठमाडौं । यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जनामात्रै सङ्क्रमित भेटिएका थिए । एक महिनाको फरकमा सङ्क्रमणको ‘ग्राफ’ निकै माथि पुगेको उक्त दुई तथ्याङ्कले प्रष्टयाउँछ । त्यसमाथि अहिले देखिएकामध्ये धेरैमा नयाँ स्वरुपको भाइरस छ । यसपाली गत वर्षजस्तो कोरोनाको त्रास कसैमा देखिएको छैन । …

पुरा पढ्नुहॊस »

भारतमा भयावह बन्दै कोरोना: एकैदिन १ लाख ४४ हजारभन्दा बढी संक्रमित

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । त्यहाँ शुक्रबार १ लाख ४४ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय ६७ पुगेको कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट …

पुरा पढ्नुहॊस »

जात्राका लागि घरघरमा स्वास्थ्य सामग्री वितरण

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ । सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७-७८ को बजेटबाट भक्तपुर …

पुरा पढ्नुहॊस »