काठमाडाैं । दिगो ग्रुप दिगो अटो कार्निभल २०२४ को सम्पन्न भएको छ। कर्निवालमा ३०० भन्दा बढी व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरुको उपस्तिथी रहेको दिगोले जनाएको छ।
दिगोकाअनुसार कर्निवलबाट ५ वटा ११ सिटर ईभी भ्यान को हस्तान्तरण भएको छ भने ३३ वटा गाडीको बुकिङ्ग भएको छ । कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहेको आयोजकले जनाएको छ।
दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, एकचेन्जमा थप मूल्याङ्कन, ईन्सुरेन्स र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराएको थियो।
कर्निवालमा विद्युतीय गाडीको बिक्रि साथै व्यबसायिक गाडीहरु भाडामा लिन मिल्ने सुविधा पनि दिगोले प्रदर्शन गरेको थियो। जसमा ग्राहकले रु ५ लाख धितो राखेर मासिक १ लाख २५ हजारमा ५ वर्ष सम्म भाडामा लिएर ५ वर्ष पछि थप ५ लाख हालेर गाडी आफ्नै बनाउन मिल्ने छ ।
यस स्किम अन्तर्गत मोटर र ब्याट्रीमा आउने समस्या सबै कम्पनीले नै बेहोर्ने पनि दिगोले जनाएको छ । गाडी फिर्ता गर्दा भने ग्राहकले राखेको धितो पनि फिर्ता हुनेछ ।
दिगोको राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका निर्देशक प्रविन खतिवडाले कर्निवल सफल भएको खुशी ब्यक्त गर्दै भने, ‘हामीले पहिलो पटक आयोजना गरेपनि राम्रो मात्रामा बुकिङ्ग लिन सफल भएको छौँ । साथै ५ वटा गाडीको हस्तान्तरण पनि गरेको छौँ । यस कर्निवालमा उपस्थित हुनुभएको सबैजना प्रति हामी निकैनै आभार छौँ ।’
संगसंगै दिगो ग्रुपका संस्थापक राजन रायमाझीले भने, ‘दिगोले गाडीको बिक्रि मात्र नभई पूर्वाधारमा लगानी साथै ग्राहकलाई सुविधा दिनमा बढी केन्द्रित छ। यसै कारणले होला हामीलाई बजारले त्यतिनै मायाँ गर्नुहुन्छ । यस्तो कर्निवल अब दिगोले बार्षिक आयोजना गरिरहने छ ।’
प्रतिकृया दिनुहॊस