ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न, असोजदेखि निर्माण सुरु हुने

काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबिच सोमबार पीपीएमा हस्ताक्षर भएको हो ।

यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए ।

प्रस्तावित जलविद्युत् आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा निर्माण हुनेछ । यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० वैशाखमा तयार भएको हो ।

८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ । यो जलविद्युत् आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिने छ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारण लाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ । २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस