एभरेष्ट बैंकको लाभांश घोषणा

काठमाडाैं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट दिने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको गत भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने छ भने ५.५३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश दिने छ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले लाभांश वितरण गर्नेछ।

हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ छ। बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ पुग्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री