बाढी प्रभावित आयोजनाको माग पूरा गर्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत् आयोजनाको माग छिटो पूरा गर्न माग गरेको छ । लामो समयदेखि माग पूरा नगरेको भन्दै छिटो गर्न आग्रह गरेको हो ।

बुधबार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष गणेश कार्कीले सरकारले आश्वासन मात्र दिएकाले पीडित आयोजना थप पीडामा पिल्सिनु परेको भन्दै माग पूरा नगर्ने हो भने सक्दिँन भनेर हात उठाउनुपर्ने बताएका हुन् ।

“बाढी प्रभावित आयोजनाले फोटो भिडियोसहितका प्रमाण ल्याएर मन्त्रालयमा पेस गरे, मन्त्रालयले दुई चार ठाउँमा सिफारिस पनि गर्‍यो । तर, राहत कसैले पाएनन्, कतैबाट केही पनि काम भएन” उनले भने ।

उनले बाढी प्रभावित आयोजनाका विषय मात्र नभएर ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्याहरू लिएर मन्त्रालयका मन्त्री, सचिव र सहसचिवहरूसम्मलाई पटक पटक निवेदन गर्दा पनि माग पूरा नगरिदिएकोमा आक्रोश व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस