भारतमा भयावह बन्दै कोरोना: एकैदिन १ लाख ४४ हजारभन्दा बढी संक्रमित

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । त्यहाँ शुक्रबार १ लाख ४४ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय ६७ पुगेको कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले उल्लेख गरेको छ ।

विवरणअनुसार भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये १ करोड १९ लाख ८७ हजारभन्दा बढी निको भएका छन् । भारतले संक्रमण बढ्न थालेपछि विगत केही सातायता खोप अभियानलाई पनि तीव्रता दिएको छ । त्यहाँ हालसम्म ९ करोड ४३ लाख ३४ हजार २ सय ६२ जनाले खोप लगाइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्याम्सले किन्यो नागरिक अस्पताल, भक्तपुरको उत्कृष्ट हस्पिटल बन्ने

काठमाडौं । मण्डिखाटारबाट उच्चस्तरको स्वास्थ्य सेवा दिइरहेको ह्याम्स अस्पतालले अब भक्तपुरकाे मध्यपुर थिमि गठ्ठाघरस्थित नागरिक अस्पतालको समेत व्यवस्थापन गर्ने भएको छ । एक सय शय्याका नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको हो । नागरिकको ४३ प्रतिशत शेयर किन्न ह्याम्स समूहले ९ करोड ९१ लाख रुपैयाँमा लगानी गरेको छ ।

प्रतिकृया दिनुहॊस