स्वास्थ्य

सिटी स्पेशलिटी हेल्थ क्लिनिकको निशुल्क स्वास्थ्य शिविरमा २२३ जनाले गराए उपचार

काठमाडौँ। काठमाडौँको अनामनगर चोकमा आज सम्पन्न बाथरोग, मधुमेह, थाइराइड तथा मिर्गौला रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा रब्क्तदान कार्यक्रममा २२३ जना सहभागी भएका छन् । सहभागीहरुको निशुल्क स्वास्थ्य जाँच, रगत जाँच तथा औषधी वितरण गरिएको आयोजक संस्था सिटी स्पेशलिटी हेल्थ क्लिनिकको प्रवन्ध निर्देशक मीना थापा मगरले बताइन् । सो अवसरमा एक सय ११ जनाले रक्क्तदान समेत गरेका मगरले बताइन् । शिविरमा सीबीसी, इएसआर, सुगर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीन …

पुरा पढ्नुहॊस »

अनामनगरमा शनिबार बाथरोग, मधुमेह, थाइराइड र मिर्गौलाको निःशुल्क परीक्षण हुने

काठमाडौँ । काठमाडौँको अनामनगर चोकमा बाथरोग, मधुमेह, थाइराइड तथा मिर्गौला रोगको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । सिटी स्पेशलिटी हेल्थ क्लिनिकले आगामी चैत २१ गते (शनिवार) निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो शिविरमा सीबीसी, इएसआर, सुगर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीन आदिको निःशुल्क जाँच गरिनेछ भने चिकित्सकको सिफारिस अनुसार औषधि वितरण समेत गरिने आयोजकले जनाएको छ । साथै थाइराइड जाँच (टिएसएच) रु १५०, …

पुरा पढ्नुहॊस »

नाकामा कडाइ: ज्वरो र रूघाखोकी लागेकाको पिसिआर अनिवार्य

काठमाडौँ । सरकारले कोभिड-१९ को दोस्रो महामारी रोक्न संघीय राजधानी उपत्यका आउने नागरिकमाथि कडाइ गर्न थालेको छ । कोभिड-१९ को दोस्रो लहर आउने जोखिम बढेपछि सरकारले उपत्यका छिर्ने नाकामा फेरि निगरानी बढाउन लागेको हो । नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको बताउँदै काठमाडौं छिर्ने नाकामा एन्टिजेन परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । काठमाडौं प्रवेश गर्ने सबै नाकामा एन्टिजेन परीक्षण गरिने उनको भनाई छ । नाकामा …

पुरा पढ्नुहॊस »

पानी परेको स्थानमा प्रदूषण घटे पनि अन्य क्षेत्रमा उस्तै

काठमाडौँ । बुधबार पानी परेको स्थानमा आज प्रदूषण केही मात्रामा घटेको छ । प्रदेश १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा बुधबार पानी परेको थियो । हिजो पानी परेका स्थानमा आज प्रदूषणको मात्रा कही घटेको देखिएको मौसमविद् मञ्जु वासीले जानकारी दिइन् । उनका अनुसार पानी परेको ठाउँमा प्रद्रषण घटेपनि नपरेका ठाउँमा भने कम भएको छैन । मेघगर्जनसहित वर्षा हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। …

पुरा पढ्नुहॊस »

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुवात

काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ । तर, अब यो बाध्यता हटेको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सेवाको थालनी गरेको हो । जर्मन र ताइवानबाट विशेष तालिम प्राप्त गरी स्वदेश फर्किएका नेपाली चिकित्सकहरुको सहयोगमा नर्भिकले यो …

पुरा पढ्नुहॊस »

चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो

काठमाडौँ । छिमेकी राष्ट्र चीनले अनुदानमा दिएको कोभिड-१९ विरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोभ्याकले उत्पादन गरेको खोपको ८ लाख डोज आज काठमाडौं आइपुगेको हो । खोपसहितको स्वास्थ्य सामग्री लिएर वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे थियाे । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । भारतको भन्दा के फरक ? चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई अक्सफर्ड-आस्ट्राजेनेकाले …

पुरा पढ्नुहॊस »

चीनबाट प्राप्त ८ लाख डोज कोरोना खोप नेपाल आइपुग्दै

काठमाडौँ । छिमेकी राष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं ल्याइँदै छ । खोप लिन आइतबार बेइजिङ पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आज काठमाडौं आइपुग्ने भएको हो । निगमका प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार खोप बोकेको जहाज साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । भारतको भन्दा के फरक ? चीनको सिनोभ्याक बायोटेकले उत्पादन …

पुरा पढ्नुहॊस »

चीनले दिएको ८ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं । चीनले अनुदानमा दिने आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप भोलि नेपाल आइपुग्ने भएको छ । बेइजिङमा तयार अवस्थामा राखिएको खोप सोमबार नेपाल आइपुग्ने भएको हो । खोप लिनका लागि चार्टर विमान आइतबार बिहान चीन जाने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चीनले १८ माघमा तीन लाख खोप सहायता गर्ने बताए पनि १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज …

पुरा पढ्नुहॊस »

भारतमा कोरोना तीव्र, एकैदिन ६० हजार बढीमा पुष्टि

काठमाडौं । भारतमा दोस्रो लहरअन्तर्गत कोभिड-१९ को संक्रमण तीव्र भइरहेको छ । त्यहाँ शुक्रबार ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । ५ महिनापछि भारतमा एकैदिन यो संख्यामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले थप २ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९ सय नाघेको छ । भारतमा कोरोना संक्रमितको …

पुरा पढ्नुहॊस »

अनलाइनबाट औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारको निर्देशन

काठमाडौँ । अब अनलाइन तथा सामाजिक सञ्जालहरूका माध्यमबाट औषधि बिक्री/वितरण गर्न नपाइने भएको छ । औषधि व्यवस्था विभागले सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा गैरकानूनी रुपमा भइरहेको औषधि बिक्री/वितरण तत्काल बन्द गर्न निर्देशन दिएको हो । विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको झुट तथा भ्रामक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भनेको हो । निर्देशन अटेरी गर्नेमाथि …

पुरा पढ्नुहॊस »