स्वास्थ्य

कोभिडविरुद्धको बुस्टर डोज लगाउन के-के चाहिन्छ ?

काठमाडौँ । नेपालमा ‌ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरसको संक्रमणदर दिनहुँ बढ्दो छ । त्यसैले पनि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ । अझ माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिसकेको छ। जसकारण अस्पताल र खोप केन्द्रमा खोप लगाउन पुग्नेहरूको भिड छ । यस्तै, सरकारले संक्रमणको जोखिम कम गर्न भन्दै ‘बुस्टर डोज’ पनि दिन सुरु गरिसकेको छ । सरकारले …

पुरा पढ्नुहॊस »

ओमिक्रोनको झुक्याउने लक्षण

काठमाडाैँ । विश्व स्वास्थ्य संगठनले उच्च ज्वरो, लगातार खोकी र गन्ध तथा स्वाद थाहा नपाउनेजस्ता लक्षणलाई कोभिडका मुख्य लक्षणको रूपमा परिभाषित गर्दै आएको छ । तर, तेस्रो लहर भित्र्याएको ओमिक्रोनको लक्षण डेल्टाको भन्दा फरक रहेको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् । अधिकांश संक्रमितमा घाँटी दुख्ने र टाउको दुख्नेजस्ता सामान्य लक्षण मात्रै देखिएका छन् । स्वाद वा गन्ध हराउने, ज्वरो आउनेजस्ता समस्या ५० प्रतिशतमा देखिएको बेलायतका वैज्ञानिकहरूको एक सर्वेक्षणले देखाएको छ । ढाड दुख्ने, थकित महसुस …

पुरा पढ्नुहॊस »

भारतमा एकैदिन थपिए साढे २ लाख सङ्क्रमित, ३८५ जनाको मृत्यु

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको सङ्क्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरूले बताएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा ​​कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३८५ जनाको मृत्यु भएको छ । आज सङ्क्रमितको सङ्ख्या आइतबारको तुलनामा १३ हजार कम देखिएको छ । भारतमा दैनिक सङ्क्रमित दर परीक्षण गरिएको …

पुरा पढ्नुहॊस »

जाडो मौसममा पनि सागपातको सेवन किन गर्ने ?

काठमाडौँ । जाडो मौसमलाई खानाको हिसाबले राजा मानिन्छ । तर के तपाईलाई थाहा छ चिसो मौसममा तपाईको स्वास्थ्यमा सुधार गर्ने सागसब्जी एकदमै फरक प्रकारमा पाइन्छ । चिसो मौसममा सागलाई विभिन्न प्रकारले सेवन गर्न सकिन्छ र स्वास्थ्य र सौन्दर्य दुवै वृद्धि गर्न सक्नुहुन्छ । अनुहारलाई चम्किलो बनाउँछ सागपातमा भिटामिन ए र सी पाइन्छ जसले छालालाई सफा बनाउन र छालालाई चम्किलो बनाउन मद्दत गर्छ । साथै, यसमा पाइने एन्टिअक्सिडेन्ट गुणले पिम्पल र …

पुरा पढ्नुहॊस »

अस्पताल भर्ना हुने संक्रमित थपिए

काठमाडौँ । दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो संख्या बढेर ६५ पुगिसकेको छ । युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा. भूूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए …

पुरा पढ्नुहॊस »

भारतमा तीस गुणाले बढ्यो कोरोना संक्रमण

एजेन्सी । भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन न्यून देखिएको छ । कोभिड बढिरहेका बेला लाखौँ हिन्दु भक्तजनहरूले गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । हिन्दु धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नष्ट हुनुका साथै मृत्युपछि पुण्य प्राप्त हुन्छ ।  शनिबार पश्चिम बंगालस्थित गंगामा भक्तजनको भीड …

पुरा पढ्नुहॊस »

आजदेखि बुस्टर डोज, क-कसले पाउँछन् ? (पत्रसहित)

काठमाडाैँ । सरकारले आजदेखि कोभिड-१९ विरुद्ध बुस्टर डोज खोप दिने भएको छ । अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई बुस्टर डोज खोप दिइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर आजदेखि अग्रपंत्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेको छ । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा …

पुरा पढ्नुहॊस »

भोलिदेखि बुस्टर डोज, क-कसले पाउँछन् ? (पत्रसहित)

काठमाडाैँ । भोलिदेखि कोभिड-१९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई सरकारले बुस्टर डोज खोप दिने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपंत्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेको छ। मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, …

पुरा पढ्नुहॊस »

‘खोप नलिएकाहरूमा कोरोना संक्रमणले १० गुणा बढी जटिल समस्या’

काठमाडौं । खोप लिए पनि कोरोना संक्रमण हुन्छ । तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने । पछिल्लो पटक कोरोना संक्रमण फैलिएपछि अस्पतालमा आएका बिरामीको अवस्था हेर्दा खोप लिएकामा सामान्य …

पुरा पढ्नुहॊस »

भारतमा एकै दिन दुई लाख ६४ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा कोभिड-१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यही अवधिमा तीन सय १५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको बीबीसीले …

पुरा पढ्नुहॊस »