भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

काठमाडाैँ । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् । बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्याम्सले किन्यो नागरिक अस्पताल, भक्तपुरको उत्कृष्ट हस्पिटल बन्ने

काठमाडौं । मण्डिखाटारबाट उच्चस्तरको स्वास्थ्य सेवा दिइरहेको ह्याम्स अस्पतालले अब भक्तपुरकाे मध्यपुर थिमि गठ्ठाघरस्थित नागरिक अस्पतालको समेत व्यवस्थापन गर्ने भएको छ । एक सय शय्याका नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको हो । नागरिकको ४३ प्रतिशत शेयर किन्न ह्याम्स समूहले ९ करोड ९१ लाख रुपैयाँमा लगानी गरेको छ ।

प्रतिकृया दिनुहॊस