काठमाडौँ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले इलेक्ट्रिक एसयुभी दिपल एस ०७ सार्वजनिक गरेसँगै यसको आकर्षण बढेको छ ।
नयाँ दिपल एस ०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् जसले गाडीका पारखीहरुलाई तानेको बताइएको छ । दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो, जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्ने कम्पनीको भनाइ छ ।
दिपल एस ०७ मा इभी डेडिकेटेड ‘इपीए १ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज (डब्लुएलटीपी) दिन्छ ।
अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस ०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस ०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिन सकिने विशेषता रहेको छ ।
साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिंगलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउने कम्पनीको भनाइ छ।
साथै, क्याबीनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्ट¥याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कने कम्पनीले जनाएको छ । यसबाहेक दिपल ०७ मा ‘वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिने बताइएको छ ।
दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको भने यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउने कम्पनीले जनाएको छ ।
कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरु छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निंग’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निंग’ लगायत धेरै व्यवस्था रहेको जनाइएको छ ।
यसैगरी गाडीमा ९९ किलोवाट मोटर पावर, टर्क ३२० एनएम, एकल चार्जमा ४१० किमी माइलेज उपलब्ध रहेको छ भने लिथियम टेनरी ब्याट्री समेत रहेको छ । जुन ब्याट्री विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएएलटीद्वारा निर्मित हो भने यो टेस्ला, बीएमडब्ल्यू र मर्सिडीज जस्ता कार्यसम्पादन सवारी साधनमा प्रयोग हुने गर्छ ।
नेपालमा दिपल एस०७ को सुरुवाती मुल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो ६ आकर्षक कलरमा उपलब्ध हुने दिपलका मार्केटिङ हेड रमेश दनेखुले बताए ।
प्रतिकृया दिनुहॊस