स्वास्थ्य

निजी अस्पतालले भने- ‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’

काठमाडौँ । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । देशभरि नै निषेधाज्ञा र अन्तर्राष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने उनको भनाई छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा …

पुरा पढ्नुहॊस »

रेम्डेसिभिर औषधि आवश्यक परे यी नम्बरमा फोन गर्नुस्

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ । मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने उल्लेख छ । हेल्थकेयरबाट प्रति रेम्डेसिभिर रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

४ बजेपछि अक्सिजन दिन नसक्ने युनिभर्सल शिक्षण अस्पतालको घोषणा (विज्ञप्ति सहित)

बुटवल । भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ । अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको छ ।  

पुरा पढ्नुहॊस »

मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने

भक्तपुर । कोभिड -१९ का बिरामीको उपचार गरिरहेको मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ । अस्पतालले एक  विज्ञप्ति जारी गर्दै  कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने जनाएको छ ।

पुरा पढ्नुहॊस »

कोरोना कहरमा जीवनरक्षा

माधव अधिकारी कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउँदै लगेको छ । मानिसहरूमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर, लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । यस्तो बेला कसरी आफूलाई बलियो बनाउने ? …

पुरा पढ्नुहॊस »

अब ओम अस्पतालले कोरोनाका बिरामी भर्ना लिन नसक्ने ((विज्ञप्ति सहित)

काठमाडौं । कोभिड –१९ का बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ ।

पुरा पढ्नुहॊस »

शय्या चाहिएको छ ? यी नम्बरमा फोन गर्नुस्

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा सम्पर्क गर्न नम्बर उपलब्ध गराएको । मन्त्रालयले टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको हो । सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । मन्त्रालयले २४ सै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

पुरा पढ्नुहॊस »

नर्भिक अब ‘कोभिड अस्पताल’

काठमाडौं । यस नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ । नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारे । प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचे कारवाही गरिने

काठमाडौँ । कोभिड-१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारबाही गर्ने भएको छ । सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने औषधि व्यवस्था विभागले जनाएको हो । विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए ।

पुरा पढ्नुहॊस »

निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बूलेन्स सेवा दिने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनको घोषणा गरिएको हो । स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बूलेन्स पठाइदिनेछ …

पुरा पढ्नुहॊस »