स्वास्थ्य

दोस्रो चरणको खोप अभियान आजबाट, १३ हजार पत्रकारलाई कोरोनाकाे खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गर्दैछ । कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंत्तिमा काम गर्ने पत्रकारलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । सरकारले आजबाट पत्रकार, कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन लागेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार …

पुरा पढ्नुहॊस »

खोपको प्राथमिकतामा कूटनीतिक कर्मचारी र पत्रकार

काठमाडौँ । सरकारले कूटनीतिक कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर सोमबारदेखि दोस्रो चरुणको  कोभिड-१९विरुद्धको खोप अभियान सुरु गरिने भएको हो । माघ १४ देखि शनिबारसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । पहिलो चरणको खोप लगाइसकेपछि जोखिमका आधारमा सूची तयार पारिएको हो । …

पुरा पढ्नुहॊस »

लक्ष्यभन्दा आधा कमले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । पहिलो चरणको अभियानमा ४ लाख ३० हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाउने सरकारी तयारी थियो । तर शुक्रवारसम्ममा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो । खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी …

पुरा पढ्नुहॊस »

कोरोना खोप लगाउने १,७१, ४८६ पुगे

काठमाडाैं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउनेको संख्या १ लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०१ खोप केन्द्रबाट सो संख्यामा खोल लगाइएको हो । भारत सरकारले अनुदानमा १० लाख डोज खोप यही माघ ८ गते नेपाललाई हस्तान्तरण गरेको थियो । १४ गतेबाट नेपालमा खोप अभियान सुरु गरिएको थियो । १४ गतेबाट पहिलो स्वास्थ्यकर्मी तथा कोरोना रोकथाम नियन्त्रणमा अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाउन …

पुरा पढ्नुहॊस »

अब घरमै आइपुग्छ औषधि, १५ प्रतिशतसम्म छुट

काठमाडौं । नियमित औषधि सेवन गरिरहेकालाई औषधि सकिएर किन्न जान नसक्ने समस्या हटेको छ । बिरामीलाई घरमै औषधि उपलब्ध हुने भएको छ । साधना होलसेल फार्मा कम्पनीले सर्वसाधारणलाई आवश्यक पर्ने औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाएको हो । अनलाइन प्रणालीबाट कम्पनीले चिकित्सकको प्रेस्क्रिप्सनअनुसारका औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाएको छ । यसका निम्ति उपभोक्ताले कम्पनीको वेबसाइटमा गई लगइन गरेर चिकित्सकको प्रेसक्रिप्सन सबमिट गर्दै आफूलाई चाहिएको औषधिका मात्रा पनि उल्लेख गर्नुपर्नेछ । यसरी …

पुरा पढ्नुहॊस »

एक लाख ५८ हजारले लगाए खोप

काठमाडौँ । कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको बताए । उनका अनुसार प्रदेश– १ मा २१ हजार ७५४, प्रदेश–२ मा २१ हजार १८५, वाग्मती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार …

पुरा पढ्नुहॊस »

१ लाख १३ हजार फ्रन्टलाइनरले लगाए कोरोना खोप

काठमाडाैँ । कोभिड-१९ विरुद्धको खोप अभियानको छैटौँ दिनसम्ममा १ लाखभन्दा बढीले खोप लगाएका छन् । ७७ वटै जिल्लामा सुरु गरिएको अभियान अन्तर्गत साेमबारसम्म १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छैटौँ दिन सोमबार ७७ जिल्लाका १ सय ९१ खोप केन्द्रबाट २५ हजार १ सय ६८ जनाले लगाएका छन् । पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, …

पुरा पढ्नुहॊस »

चीनले पनि अनुदानमा दिने भयो ३ लाख डोज खाेप

काठमाडौँ । उत्तरी छिमेकी चीनले पनि आफ्नो देशमा उत्पादन भएको काेभिड-१९ विरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ । चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको हाे । नेपालस्थित चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको हो । ‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् । भूकम्प वा महामारीजस्ता चुनौतीहरूको सामना गर्नुपर्दा दुवैले एक–अर्कालाई दुःखसुखमा सहयोग गरेका छन्,’ प्रेस नोटमा …

पुरा पढ्नुहॊस »

उपत्यकामा बर्डफ्लु, २५ सय ४४ पन्छी नष्ट

काठमाडौँ । काठमाडौँमा बर्ड फ्लू देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं- ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । पशु सेवा विभागका अनुसार त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग पुष्टि भएको हो । रोग अन्यत्र फैलन नदिन रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २५  सय वटा घरपालुवा पन्छी …

पुरा पढ्नुहॊस »

६४ हजार बढी फ्रन्टलाइनरले लगाए कोरोना खोप

काठमाडौँ । कोभिड-१९ विरुद्धको खोप अभियानको चौथो दिनसम्ममा ६४ हजारभन्दब बढीले खोप लगाएका छन् । ७७ वटै जिल्लामा सुरु गरिएको अभियान अन्तर्गत शनिबारसम्म ६४ हजार ४२२ जनाले खोप लगाएका हुन् । शनिबारमात्रै ७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरुबाट १४ हजार ८ सय ९४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय …

पुरा पढ्नुहॊस »