ग्लोबल आइएमई बैंकमा खाता खोल्दा थप पाँच नयाँ फाइदा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा थप पाँच सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो सेयर, सि–आस्वा, तथा टीएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री)का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो सेयर, आईपीओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेसन नम्बर र जेबिएनएल सेक्यरिटिजमा सेयर बजारमा सेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टीएमएस खाता सुविधा ग्राहकले पाउने बैंकले जनाएको छ ।

सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकताअनुसार यो सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइररेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ ।

ग्लोबल आइएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असोज महिनामा एनआईसी एशियाले घटायो ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंकले अघिल्लो महिनाको तुलनामा असोज महिनाका लागि ब्याजदर घटाएको छ । …

प्रतिकृया दिनुहॊस