सांकेतिक तस्बिर

बैतडीमा स्वास्थ्यकर्मी बलात्कृत, स्वास्थ्य चौकी प्रमुख पक्राउ

काठमाडौं । बैतडीमा बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता बलराम पाण्डेका अनुसार ३१ वर्षीया युवतीले आफूमाथि धामीले जबरजस्तीकरणी गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी छिन् । बिहीबार जाहेरी परेको र आजै धामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले बताए ।

पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धामीले विभिन्न प्रलोभनमा पारी पटकपटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ ।

पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे, कता फर्किने ?

काठमाडौं । भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो ।

प्रतिकृया दिनुहॊस