प्रारम्भिक रिपोर्ट- तौलको सन्तुलन नमिल्दा सौर्यको जहाज दुर्घटना

काठमाडौं – गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना विमानको तौल र गति नमिलेकाले भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्रालयमा पेस भएको प्रतिवेदनमा तौल र गति नमिल्दा दुर्घटना भएको उल्लेख छ ।

काठमाडौंबाट सबै मर्मत अर्थात् ‘सी–चेक’का लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सीआरजे–२०० जहाज दुर्घटनामा परेको थियो । १९ यात्रु रहेको जहाजमा एक्ला पाइलट मनिषरत्न शाक्य बाँचेका थिए । रतिसचन्द्र लाल सुमनको संयोजकत्वमा बनेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरी देखाइएको छ ।

पाइलटलाई आकस्मिक समयमा अपनाउनुपर्ने विधि उल्लेख गरिएको क्विक रिफरेन्स ह्यान्डबुकमा उल्लेख गरिएको जहाजको गति (भी स्पिड)को सीमा र फ्लाइट डेटा रेकर्डर (एफडिरआर)मा रेकर्ड भएको तथा उडानतालिकामा उल्लेख भएको जहाजको गतिमा पनि फरक पाइएको उल्लेख छ । प्रतिवेदनमा १८ हजार ५०० किलो तौलसहितको (टेकअफ वेट) उडान गर्दा पाइलटले प्रयोग गर्ने स्पिड कार्डमा उल्लेख भएको जहाजको गति नै गलत भएको छ ।

टेकअफ वेटमा जहाजको तौल, इन्धनको तौल, यात्रु, कार्गाे र पाइलटसँगै उडानमा सहभागी एयरलाइन्सका कर्मचारीको तौल समावेश हुन्छ । १८,५०० तौल (टेकअफ वेट)लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत लिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको अध्ययनले देखाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस