राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात कम्पनीमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई कम्पनीकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रहि बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस