काठमाडौंका यी स्थानमा दिनभर विजुली नआउने

काठमाडौं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह चार बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

अनामनगर पूर्वी गेट हुँदै हनुमान स्थान, सिंहदरवार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडि, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल मैतीदेवी जालीकारखाना, घटेकुलो एरिया र गोर्खा एफएमसम्मको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस