वरिष्ठ ऊर्जा विज्ञमा अधिकारी नियुक्त भएकोमा इप्पानद्वारा स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरेकोमा स्वागत गरेको छ ।

सरकारले गत भदौ १३ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत् अधिकारीलाई वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त गर्ने निर्णय गरेको थियो । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका-९ घर भएका र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नाकोत्तर उपाधी हासिल गरेका नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक अधिकारी नेपालको ऊर्जा क्षेत्रको नीतिगत र कार्यान्वयन तहका साथै आन्तरिक र वाह्य विद्युत् बजार, ऊर्जा सुरक्षा र साइबर सुरक्षा तथा भूराजनीति र ऊर्जा कूटनीतिका ज्ञाता हुन् ।

लामो समयसम्म नेपाल विद्युत प्राधिकरणमा विद्युत व्यापार विभागको नेतृत्व सम्हालेर विद्युत उत्पादनमा सहभागी निजी क्षेत्रलाई नजिकबाट नियालेका र निजी क्षेत्रप्रति सकारात्मक धारणा राख्ने अधिकारीकोे नियुक्तिले निजी क्षेत्र उत्साहित भएको इप्पानको भनाइ छ । नीतिगत, कार्यगतलगायतका ऊर्जा क्षेत्रका समग्र विषयवस्तुका विज्ञ व्यक्तित्वलाई वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेकोमा ईप्पानले सरकारलाई धन्यावाद दिएको हो ।

नेपालमा निजी क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याएका अधिकारीको ऊर्जा मन्त्रालयमा भएको नियुक्तिपछि विदुत् क्षेत्रमा निजी क्षेत्रको प्रवर्द्धन हुनुका साथै सहजीकरणमा महत्वपूर्ण टेवा पुग्ने उसको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस