आर्थिक

स्ट्याण्डर्ड चाटर्ड बैंकमा नयाँ सञ्चालक नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकमा  दुई जना नयाँ सञ्चालक नियुक्त भएका छन् । भदौ १९ गते बसेको बैंक सञ्चालक समितिले करेन डिअलविस र मन बहादुर राईलाई नयाँ सञ्चालकमा नियुक्त गरेको हो । डिअलविसलाई स्ट्याण्डर्ड चाटर्ड बैंक ग्रीन्डलेस अष्ट्रेलियाका तर्फबाट सञ्चालक नियुक्त गरिएको हो भने राईलाई साधारण सेयर धनीका तर्फबाट सञ्चालक नियुक्त   गरेको हो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको १६ प्रतिशत बोनस सेयर स्वीकृत

काठमाडौं । सिटिजन्स बैंकको बोनस १६ प्रतिशत बोनस स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकले सिटिजन्स  बैंकको १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गरेको हो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकोे बाढी प्रभावित क्षेत्रमा पीिडतलाई आर्थिक सहयोग गरेको छ । बैंकले ११ लाख रुपैयाँ सहायता प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोतरीकाे मटीहानीका बाढी पीडितहरुलाई ५ लाख रूपैयाँ बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गरेका छन् । बैंकले ५ सय परिवारलाई १ हजार बराबरको त्रीपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको छ । वडा कार्यालय …

पुरा पढ्नुहॊस »

ज्योेति विकास बैंकको शाखा कार्यालय बिराटनगरमा

काठमाडौं । ज्योति विकास बैंकले मोरङकाे एउटा शाखा कार्यालय  बिराटनगरमा सारेकाे छ । बिराटनगरको जलजलाचोक स्थित रङ्गेली रोडबाट पश्चिमतर्फ भवन सारेकाे छ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्धारा ग्राहक सुविधा केन्द्र (Call Center)को शुभारम्भ”

काठमाडौं। सनराइज बैंकले स्थापना काल देखि नै आफ्ना ग्राहक वर्गलाई सरल एवं सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको  क्रममा आफ्नो ग्राहकहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिने, ग्राहकहरुको विभिन्न समस्याहरु समाधान गर्ने, बैँकिङ् सम्बन्धी सामान्य जानकारीहरु दिने, ग्राहकहरुको सल्लाह तथा सुझावहरु संकलन गर्ने जस्ता कार्य गर्ने हेतुले ग्राहक सुविधा केन्द्र (Call Center) को शुभारम्भ गरेको  बैकले जानकारी  दिएको छ । कल सेन्टरको उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगडले  गरेका छन् । …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमले सिन्धुपाल्चोकको चेपेडाँडामा जिएसएम मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको चेपेडाँडामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।  टेलिकमले सिन्धुपाल्चोकको अति दुर्गम चेपेडाँडामा जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराएको  हो । चेपेडाँडाको बिटिएस साइट सञ्चालनपछि सिन्धुपाल्चोकका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको  टेलिकमले जानकारी दिएको छ ।  

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले १६ प्रतिशत बोसन सेयर दिने

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  बैंकको हालै बसेको सञ्चालक समितिको २४४ औ बैठकले गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट सेयरधनीलाई १ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने निर्णय गरेको बैंकले  जानकारी दिएको छ । बोनस सेयर वितरण प्रस्ताव पारित भएपछि मात्र बैंकले बोनस सेयर बितरण गर्ने  छ ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको नयाँ शाखा पाल्पाको छहरामा

काठमाडौं । सिटीजन्स बैंकले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आइतबार उद्घाटन गरी बैंकिङ्ग कारोबारको सुरुवात गरेको छ । छहारा शाखाको उ्घाटनसँगै सिटीजन्स  बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी  बैंकले  दिएको छ । साथै, ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।   सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन निर्णय गरेको बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंककाे स्वीकृती  र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने सानिमा  बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंककोे नयाँ शाखा पालुुङ्ग मैनादीमा र मनाङमा विस्तार

काठमाडौं ।  कृषि विकास बैंककोे नयाँ शाखा पालुुङ्ग मैनादीमा र मनाङमा विस्तार गरेको छ ।पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंकको नयाँ शाखा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले औपचारीक रुपमा उद्घाटन गरेका छन् । त्यसैगरी, मनाङ जिल्लाको चामेमा रहेको कृषि विकास बैंकको पूर्ण बैंकिङ्ग शाखाको औपचारिक उद्घाटन कृषि विकास बैंक लि.संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की एवं कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाूबाट संयुक्त रुपमा भयो । सेवाग्राही तथा …

पुरा पढ्नुहॊस »