सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य तोलामा १ सय रुपैयाँले ओरालो लागेको हो ।

छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री