सनराइज बैंकद्धारा ग्राहक सुविधा केन्द्र (Call Center)को शुभारम्भ”

काठमाडौं। सनराइज बैंकले स्थापना काल देखि नै आफ्ना ग्राहक वर्गलाई सरल एवं सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको  क्रममा आफ्नो ग्राहकहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिने, ग्राहकहरुको विभिन्न समस्याहरु समाधान गर्ने, बैँकिङ् सम्बन्धी सामान्य जानकारीहरु दिने, ग्राहकहरुको सल्लाह तथा सुझावहरु संकलन गर्ने जस्ता कार्य गर्ने हेतुले ग्राहक सुविधा केन्द्र (Call Center) को शुभारम्भ गरेको  बैकले जानकारी  दिएको छ ।

कल सेन्टरको उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगडले  गरेका छन् । उक्त समारोहमा संचालक समितिका सदस्यहरू डा. भोगेन्द्र गुराँगाइ, ई.बच्छराज तातेड , दीपक नेपाल, ज्योती कुमार बेगानी एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सो ग्राहक सेवा केन्द्रमा दक्ष जनशक्तिले ग्राहक तथा अन्य सर्वसाधारण टेलिफोन÷मोबाईल मार्फत बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिने, ग्राहकहरुको समस्याहरु समाधान गर्ने, बैँकिङ् सम्बन्धी सामान्य जानकारीहरु दिने, ग्राहकहरुको सल्लाह तथा सुझावहरु संकलन गर्ने जस्ता कार्यहरु गर्नेछन् ।

साथै बैंकका सेवा सुविधा सम्वन्धी जानकारी चाहिएमा बैंकको टोल फ्रि (पैसा नलाग्ने) नम्वर १६६००१२२४४४ मा फोन गरी बैकिङ्ग  सम्बन्धी आवश्यक सम्पुर्ण जानकारी पाउन सक्नेछन् ।

बिदा भएका दिन बाहेकसम्पूर्ण दिनहरुमा टेलिफोन सेवा उपलब्ध हुनेछ । नेपालभर कुनै पनि स्थानवाट प्रयोग गर्न सकिने यो सेवा ग्राहकको माग तथा आवश्यकता अनुरुप बढाई चौबिसै घण्टा सुचारु गरी बिदाका दिनमा समेत ग्राहकलाई यो सुबिधा दिईने बैँकको भाबी योजना रहेको छ । आफ्ना ग्राहकहरु सम्म पुग्ने र आधुनिक प्रविधिको प्रयोग गरी उनीहरुको गुनासो तथा सुझावहरु सुन्ने तथा निराकरण गर्नका लागि बैकले यो सेवा सुचारु गरेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस