काँग्रेसबाट कृष्णमान डङ्गोलले गराए कीर्तिपुरको मेयरमा उम्मेदवारी दर्ता

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गरेको छ । नेपाली काँग्रेसबाट कृष्णमान डङ्गोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्षमा काँग्रेसबाट इच्छा महर्जन र ४ नम्बर वडा अध्यक्षमा राजेन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरूको उम्मेदवारी दर्ताका क्रममा स्थानीय कार्यकर्ताले बाक्लो सहभागिता थियो । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरू निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि …

प्रतिकृया दिनुहॊस