आर्थिक

अलैँचीको मूल्य अब एसएमएसबाट

इलाम ।  अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य अब एसएमएसबाट नै थाहा पाउने भएका हुन् । मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई ifa ach btm लेखेर …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने

काठमाडौं । नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने भएका छन् । टेलिकमले गत आव २०७३।७४ को नाफाबाट आफ्ना लगानी कर्तालाई ५५ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीले पुस ३० गतेको साधारण सभाबाट पारित गरेर सेयरधनीलाई लाभांश दिने भएको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा लसुनेमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ७, लसुनेमा आफ्नो ५६ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङ्गले संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरि उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाको लागि स्थानीय अर्जुन श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र …

पुरा पढ्नुहॊस »

टेलिकमले ल्यायो,न्युन मूल्यमा आकर्षक डाटा र एसएमएस प्याक

काठमाडौं । नेपाल टेलिकमले जाडो मौसमलाई लक्षित गरी करिब डेढ महिनाका लागि विभिन्न प्रकारको आक्रषकप्याकसहित ‘विन्टर अफर’ ल्याएको छ । अफर पुस ७ गतदेखि माघ २१ गतेसम्म कायम रहनेछ । टेलिकमका जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिने छ । विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको नयाँ निक्षेप खाता संचालनमा, दुर्घटना र औषधी उपचार बीमा पाइने

काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना मार्फत खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन्। साथै, कुनै पनि ब्रान्चबाट कारोबार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने र बैंकले आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने  बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

प्रभु मनि ट्रान्सफर र युएर्इ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौं ।  प्रभु मनि ट्रान्सफर र युएर्इ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएको छ । यो सम्झौतापछि युएर्इ एक्सचेन्ज अन्तर्गत रहेको फ्लयास रेमिट्यान्स कम्पनीको कुनै पनि शाखाबाट रकम पठाउन सहज हुनेछ । कम्पनीका अनुसार फ्लयासबाट पठाएको रकम प्रभुका सात हजार भन्दा धेरै एजेन्टबाट भूक्तानी लिन सकिनेछ।कम्पनीले नेपालमा पठाएको पैसामा कुनैपनि सर्भिस चार्ज नकाटिने र पूरै पैसा पाउने बताएको छ । राष्ट्र बैंकको स्वीकृत प्राप्त रेमिट्यान्स कार्डमार्फत पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा सङ्खुवासभामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सङ्खुवासभा जिल्लाको याखा चोकमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले स्थानिय ९० बर्षिय ज्येष्ठ नागरिक ललुमाया सुबेदिको नाममा खाता खोलि व्यक्तिगत रुपमा २,५०० रुपैयाँ जम्मा गरिदिएर उक्त सेवाको कारोबार शुभारम्भ गरेका हुन् । साथै, उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरुद्र सिहं लिङ्गखालाई …

पुरा पढ्नुहॊस »

अनलाइन पोर्टल स्मार्टडोले सान्टाज् डोको अफर २०१७

काठमाडाै । अनलाइन पोर्टल स्मार्टडोले सान्टाज् डोको अफर २०१७ अगाडि सारेको छ । इसाइहरुको महान् चाड क्रिस्मस तथा नव वर्ष २०१८ को अबसरमा अनलाइन पोर्टल स्मार्ट डोकोले सान्टाज् डोको अफर अगाडि सारेको हाे । यस अफर अन्तर्गत इलेक्ट्रोनिक्स सामानहरु, घडीहरु, होम अप्लाइन्सहरु, बच्चाका समान तथा अन्य थुप्रै सामानहरुमा विशेष छुटको व्यवस्था मिलाइएको छ । यो सान्टाज् डोको अफर अन्तर्गत ५ प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । यो भारी छुट यही …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले ल्यायो “स्ट्रक्चर्ड फिक्स डिपोजिट” योजना

काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ । ८ महिनादेखि १८ महिनासम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ । साथै यस योजनाबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्धारा सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग

काठमाडौं।  हिमालयन बैंक लिमिटेडले आफ्नो २५ औ बार्षिकोत्सवको अवसर पारेर काठमाडौं महानगरपालिका वडा नं १५, डल्लु स्थित “सामुदायिक स्वास्थ्य सेवा परिषद” लाई सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सहयोग स्वरुप उक्त स्वास्थ्य सेवा परिषदलाई आठ हजार थान ओ. पि. डि. टिकट बुक छपाई गरि प्रदान गरेको छ । वि.सं. २०५५ मा स्थापित उक्त स्वास्थ्य सेवा परिषद सो क्षेत्रकै प्रतिष्ठित सामुदायिक अस्पताल हो । अस्पतालले विशेषतः आँखा, बाल …

पुरा पढ्नुहॊस »