आर्थिक

नेपाल बैंकर्स संघ तथा एनआईसी एसिया बैंकबीच द्वन्द्व

काठमाडौं । व्याजदरको विषयमा मतभेद भएका कारण नेपाल बैंकर्स संघ तथा एनआईसी एसिया बैंकबीच द्वन्द्व उत्पन्न भएको छ । यदि यसरीनै द्वन्द्व लम्बिदै गएमा यसले वित्तीय क्षेत्रलाई थप जोखिममा पार्ने देखिन्छ । व्याजदरमा खुला प्रतिस्पर्धा हुने वा समझदारीमा व्याज निर्धारण गर्ने भन्ने विषयमा नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच द्वन्द्वले अहिले चरम रुप लिएकाे छ ।  मुद्दति खातामा ११ प्रतिशत र बचत खातामा ८ प्रतिशत भन्दा बढी व्याज नदिने …

पुरा पढ्नुहॊस »

एनएलजी इन्स्योरेन्सको २५% बोनस पारित

काठमाडाै । एनएलजी इन्स्योरेन्सको बाहौं वार्षिक साधारणसभाले हाल कायम रहेको चुक्तापुँजी मा २५ प्रतिशतका दरले बोनस दिने निर्णय पारित गरेको छ । उपरोक्त बोनस सेयरपश्चात् कम्पनीको चुक्तापुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ पुग्नेछ । साे कम्पनीले आव ०७३/७४ मा खुद नाफा २३.०९ करोड रुपैयाँ आर्जन गरेको पनि कम्पनीले जनायो उक्त साधारणसभामा समूह ‘ख’ को सेयरधनीको तर्फबाट रमा राज्यलक्ष्मी देवी पाण्डे र भुपेन्द्र पाण्डे तथा समूह …

पुरा पढ्नुहॊस »

एनआईसी एसियाको ‘धनवर्षा मुद्दती खाता’ फेरि सुरु

काठमाडौं । एनआईसी एसिया बैंकले ‘धनवर्षा मुद्दती खाता’ फेरि सुरु गरेको छ । ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरू माझ अत्यन्त लोकप्रिय रहेको १ वर्ष अवधिकोे उक्त मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रूपमा ब्याज भुक्तानी गरिनेछ । मुलुकभरका विभिन्न स्थानहरूमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालमध्ये जुनसुकै शाखाबाट उक्त मुद्दती खाता खोल्न सकिने र मुद्दती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जासमेत उपलब्ध गराउन सकिनेछ ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकको एफपीओ आउँदै

काठमाडौं । नेपाल बैंक (Nepal Bank Ltd.) को वार्षिक साधारणसभा आज हुँदैछ । बैंकले साधारणसभामा एफपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने वताएकाे छ । साे साधारणसभाले प्रिमियम मूल्यसहितको एफपीओ प्रस्ताव अनुमोदन गरेपछि बैंकले प्रिमियम मूल्य प्रस्ताव गरेर धितोपत्र बोर्डमा आवेदन दिनेछ । बैंकले १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको छ । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखा मकवानपुरको मनहरिमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरि गा.पा. वडा नं. ०७, मा उद्घाटन गरिएको छ । मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले  एक समारोहका बीच उद्घाटन गरेका छन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । मनहरि शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं ।माछापुछ्रे बैंक लिमिटेडको  विशेष साधारण सभाको निर्णय बमोजिम बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय गण्डकी अञ्चल, कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका (साविक पोखरा उपमहानगरपालिका) वडा नं. ९ बाट प्रदेश नं. ३, काठमाडौं जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं. २, लाजिम्पाट स्थित एम.बी.एल. टावरमा यही मिति २०७४ साल फाल्गुण महिना २१ गते, सोमबारदेखि स्थानान्तरण गरेको छ । २०५४ सालमा पोखरामा संस्थापना भई संचालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले यस बैंकबाट सानिमा लाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा सर्लाहीको चौलिखामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मङ्गलबारदेखि सर्लाही जिल्लाको चौलिखामा ७८औँ शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखारहित बैकिङ्ग सेवाकोे ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले एक समारोहका बीच उद्घाटन गरेका छन् । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय विजयकुमार शाह कानुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले उक्त स्थानमा …

पुरा पढ्नुहॊस »

स्वास्थ्य  मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस बीच सम्झौंता पत्रमा हस्तक्षर

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालनहुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने छ । यसको ब्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने छ …

पुरा पढ्नुहॊस »

सिभिल बैंक ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित

काठमाडौं । सिभिल बैंक कमर्ज बैंकको ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित भएकोे छ ।कमर्ज बैंक, फ्रान्कफर्ट जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफनमन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई गरेका हुन् । सो बैंकले अन्तराष्ट्रिय ब्यापारमा कमर्ज बैंकसँग उत्कृष्ठ साझेदारी गरेबापत अवार्ड प्रदान गरिएको जनाइएको छ ।

पुरा पढ्नुहॊस »