[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । बुद्धनगर सरसफाइ कार्यक्रमले सफाइका ५०० हप्ता पूरा गरेको छ । कार्यक्रमअन्तर्गत शनिबार सेतो गणेशस्थान मन्दिरदेखि डिडिआई बेङ्क्वेटसम्म ५००औं हप्ताको सफाइ गरिएको हो ।
बुद्धनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते सुरु गरिएको सफाइ कार्यक्रमले अनवरत रुपमा सफाइ गरेपछि बुद्धनगर क्षेत्रमा जथाभाबी फोहर फाल्ने प्रवृत्तिको अन्त्य भएको र सडक सफा देखिन थालेको छ । सफाइ कार्यक्रमको प्रमुख अभियानकर्मी सांसद मोहन कुमार राई हुन् ।
राईकाअनुसार सफाइमा विद्यार्थी, मन्त्री, खेलाडी, डाक्टर, समाजसेवीलगायत स्थानीयहरू सहभागी थिए । उनले स्वास्थ्य परीक्षण र परामर्शका लागि Zen Zee र Cams Nepal लाई विशेष धन्यवाद दिएका छन् ।
हेरौं तस्बिरहरु :-
प्रतिकृया दिनुहॊस