बाह्रदशीमा रड प्रहार गरी माझीको हत्या

काठमाडाैं । झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एक जनाको हत्या भएको छ । बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या भएको झापा प्रहरीले जनाएको छ ।

रड प्रहारबाट घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । शनिबार राति आपसी विवाद हुँदा बाह्रदशी ५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र …

प्रतिकृया दिनुहॊस